काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट उत्पन्न संकट समाधानका लागि सुरक्षा निकायका प्रमुखहरूसँग छलफल तथा ब्रिफिङ लिइरहेका छन् ।
प्रधानमन्त्री शाहले केहीबेरअघि प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरी बाढीपछि हालसम्म भएका खोज तथा उद्धार, राहत वितरण र व्यवस्थापनका विषयमा जानकारी लिएका छन् ।
प्रधानमन्त्री शाहले आजै सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि ब्रिफिङ लिने कार्यक्रम छ । त्यसपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग बाढी प्रभावित क्षेत्रमा भइरहेका उद्धार तथा राहतका कामबारे जानकारी लिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भोटेकोसी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि सरकारले उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिएको छ । प्रधानमन्त्री शाहले सुरक्षा निकायमार्फत भइरहेका उद्धार तथा राहत कार्यको अवस्था बुझेर थप आवश्यक कदमबारे छलफल गरिरहेका छन् ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्