ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवाको टिमुरेमा नेपाली सेनाले भेटायो बैंकका पाँच सेफ


ABC NEWS
१५ भदौ २०८३, सोमबार   ८ : ५५   बजे

काठमाडौं । रसुवाको टिमुरेमा खोज तथा उद्धारका क्रममा नेपाली सेनाले बैंकका पाँच वटा सेफ (सुरक्षित बाकस) फेला पारेको छ।

नेपाली सेनाका अनुसार सोमबार टिमुरे क्षेत्रमा खोज तथा उद्धार अभियान सञ्चालन गर्ने क्रममा ती सेफहरू फेला परेका हुन्। फेला परेका पाँच सेफमध्ये तीन वटामा नेपाली र दुई वटामा चिनियाँ भाषामा विवरण लेखिएको छ।

सेनाले फेला परेका सबै पाँच वटा सेफ भरपाईसहित सशस्त्र प्रहरीलाई बुझाएको जनाएको छ।

धादिङमा सेफ फोडेर पैसा बाँड्ने २१ पक्राउ

यसअघि बाढीले बगाएर धादिङमा पुगेको अवस्थामा एउटा बैंकको सेफ फेला परेको थियो। उक्त सेफ फोडेर त्यसमा रहेको रकम आपसमा बाँडेको आरोपमा प्रहरीले २१ जनालाई पक्राउ गरेको थियो।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट ९२ लाख रुपैयाँ समेत बरामद गरिएको थियो।

रसुवा र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीका कारण बैंक तथा वित्तीय संस्थाका सामग्रीसहित विभिन्न संरचना बगाएर अन्यत्र पुगेका छन्। बाढीपछि सुरक्षाकर्मीले उद्धारसँगै बाढीले बगाएर ल्याएका सामग्री तथा महत्वपूर्ण वस्तुहरू फेला पार्ने र सम्बन्धित निकायलाई बुझाउने कामसमेत गरिरहेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बेपत्ता व्यक्तिका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह

बाढीको जोखिमबारे चीनसँग रियल टाइम सूचना आदानप्रदान भइरहेको छ : परराष्ट्र

सम्बन्धित

एनआरएनएद्वारा बाढीपीडितको राहतका लागि १ करोड रुपैयाँ सहयोग

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एकैदिन ६० करोडभन्दा बढी संकलन

बाढीको असर सेयर बजारमा : जलविद्युत् कम्पनी राताम्मे, नेप्से ४४ अंकले घट्यो

हिमालयन बैंकको अध्यक्षमा पूर्व मुख्यसचिव डा. बैकुण्ठ अर्याल

अफ्रिकाबाट नेपालका बाढीपीडितका लागि सहयोग जुटाउँदै एनआरएनए, लाखौँ रकम संकलन

लगातार चौथो दिन घट्यो सुनको भाउ, ४ दिनमा १५ हजार ५ सयले सस्तियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu