ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घरमै पुग्यो वडा कार्यालयको एकीकृत सेवा, ज्येष्ठ नागरिकदेखि एकल महिलासम्म लाभान्वित


ABC NEWS
१६ भदौ २०८३, मंगलबार   ८ : ४६   बजे

बागलुङ । जैमिनी नगरपालिका–१ कुश्मीशेरामा वडा कार्यालयले घरदैलोमै पुगेर एकीकृत सेवा प्रदान गरेको छ । सामाजिक सुरक्षा भत्ता नवीकरणदेखि स्वास्थ्य परीक्षण, औषधि वितरण, कृषि तथा पशुसेवासम्बन्धी परामर्शसम्मका सेवा वडा कार्यालयले नागरिकको घरमै पुगेर दिएको हो ।

वडाध्यक्ष विष्णु आचार्यको नेतृत्वमा गएको टोली शनिबार दीर्पादेवी शर्माको घर पुगेको थियो । एकल महिला रहेकी शर्माको सामाजिक सुरक्षा भत्ता नवीकरण वडा सचिव सुरेश वलीले घरकै आँगनमा ल्यापटपमार्फत गरिदिए ।

त्यसपछि प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेराका प्रमुख चिकित्सक डा. सुजन शर्माले उनको स्वास्थ्य अवस्था बुझे भने स्वास्थ्यकर्मी शान्ति शर्माले रक्तचाप जाँच गरिन् । स्वास्थ्य परीक्षणपछि आवश्यक परामर्शसमेत दिइयो ।

कृषि प्राविधिक मनोज रानाले शर्माको परिवारलाई तरकारीको बीउ उपलब्ध गराउँदै खेती गर्ने तरिका, रोग तथा कीरा नियन्त्रण र घरायसी उपचारका उपायबारे जानकारी दिए ।

वडाले सञ्चालन गरेको एकीकृत सेवा शिविरअन्तर्गत सामाजिक सुरक्षा भत्ता लिने ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल महिला तथा दीर्घरोगीका घरमै पुगेर सेवा प्रदान गरिएको हो ।

घरमै सेवा पाएपछि दीर्पादेवी शर्मा खुसी भइन् । उनले वडासम्म पुग्न नसक्ने ज्येष्ठ नागरिक र अशक्त व्यक्तिका लागि घरदैलो सेवा निकै प्रभावकारी भएको बताइन् ।

‘अरू बेला लौरो टेकेर वडामै पुग्नुपर्दथ्यो । म त बरु हिँड्न सक्थेँ, हिँड्न कठिन बुढाबुढीका लागि त यो स्वर्ग भयो,’ उनले भनिन्, ‘घरबाटै नवीकरण हुँदा धेरै सजिलो भयो ।’

वडा कार्यालयका अनुसार तीन दिनसम्म सञ्चालन गरिएको शिविरबाट करिब १ सय ५० घरधुरीमा सेवा पुर्‍याइएको थियो । शिविरमा सामाजिक सुरक्षा भत्ता नवीकरण, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, नियमित औषधि सेवन गर्ने बिरामीलाई औषधि वितरण, तरकारी तथा फलफूलका बीउ वितरण र पशुसेवासम्बन्धी परामर्श दिइएको थियो ।

जैमिनी नगरपालिकाका सबै वडामा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि वडा सचिवहरू घरघरमा पुगेका थिए । तर कुश्मीशेरा वडा कार्यालयले भने नवीकरणमा मात्रै सीमित नरही स्वास्थ्य, कृषि तथा पशुसेवालगायतका अन्य सेवा पनि एकैपटक घरदैलोमा पुर्‍याएको हो ।

‘नागरिकको सेवा हाम्रो कर्तव्य हो । जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीको साझा सक्रियताले यो सम्भव भयो,’ वडाध्यक्ष आचार्यले भने ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

घरमै पुग्यो वडा कार्यालयको एकीकृत सेवा, ज्येष्ठ नागरिकदेखि एकल महिलासम्म लाभान्वित

भोटेकोसी बाढीमा बगेका १७ शव भारतमा फेला

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

एनभीएल : खप्तड फाल्कोन्सले भित्र्यायो बेनिनका डेटेलाई

बाढी–पहिरोका कारण उपत्यका आसपासका मुख्य सडक अवरुद्ध

सिन्धु जल सम्झौता पालना गर्न भारतलाई मध्यस्थता अदालतको आदेश

राफिन्हा र यामलको दुई–दुई गोलमा बार्सिलोनाको शानदार जित

भोटेकोसी बाढीमा बगेका १७ शव भारतमा फेला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu