ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढीपछि बीमा दाबी २५ अर्ब नाघ्यो, क्षति बढ्दै जाँदा खर्ब पुग्ने अनुमान


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ७ : १५   बजे

काठमाडौं । भोटेकोशी बाढीले जलविद्युत् आयोजना, पूर्वाधार तथा निजी सम्पत्तिमा पुर्‍याएको ठूलो क्षतिको असर अब बीमा क्षेत्रमा पनि देखिन थालेको छ। बाढीपछि विभिन्न निर्जीवन बीमा कम्पनीमा परेको प्रारम्भिक बीमा दाबी २५ अर्ब ८७ करोड रुपैयाँ नाघेको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न १५ निर्जीवन बीमा कम्पनीमा ५८३ वटा बीमालेखमार्फत २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ बराबरको दाबी परेको हो।

यसमा सबैभन्दा ठूलो हिस्सा इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमाको रहेको छ। उक्त शीर्षकमा मात्रै २० अर्ब ५० करोड ७७ लाख रुपैयाँबराबरको दाबी परेको छ।

जलविद्युत् आयोजनामा भएको क्षतिको पूर्ण विवरण अझै आउन बाँकी रहेकाले आगामी दिनमा दाबीको रकम अझ ठूलो हुने अनुमान गरिएको छ।

ओरिएन्टलमा मात्रै १३ अर्बको दाबी

रकमका आधारमा सबैभन्दा ठूलो दाबी दी ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा परेको छ। प्राधिकरणका अनुसार उक्त कम्पनीमा आठवटा बीमालेखबाट १३ अर्ब ४ करोड २१ लाख रुपैयाँ बराबरको दाबी परेको छ।

त्यसपछि:

  • युनाइटेड अजोड इन्स्योरेन्स – ३८ दाबीबाट ४ अर्ब ९७ करोड ४८ लाख
  • सानिमा जीआईसी इन्स्योरेन्स – १०२ दाबीबाट २ अर्ब १० करोड २८ लाख
  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्स – ६७ दाबीबाट १ अर्ब ८८ करोड ७३ लाख
  • शिखर इन्स्योरेन्स – १२७ दाबीबाट १ अर्ब ८७ करोड ५४ लाख
  • हिमालयन एभरेस्ट इन्स्योरेन्स – ४५ दाबीबाट ६४ करोड ७८ लाख
  • नेको इन्स्योरेन्स – ६६ दाबीबाट ५१ करोड ७० लाख
  • सगरमाथा लुम्बिनी इन्स्योरेन्स – ३२ दाबीबाट २४ करोड २३ लाख
  • नेपाल इन्स्योरेन्स – ३२ दाबीबाट २३ करोड ८६ लाख
  • आईजीआई प्रुडेन्सियल – २६ दाबीबाट १८ करोड ७३ लाख
  • एनएलजी इन्स्योरेन्स – २१ दाबीबाट ११ करोड ३१ लाख

त्यस्तै प्रभु इन्स्योरेन्समा १४ दाबीबाट ३ करोड १२ लाख, राष्ट्रिय बीमा कम्पनीमा दुई दाबीबाट ७६ लाख, नेसनल इन्स्योरेन्समा दुई दाबीबाट करिब ५३ लाख र नेपाल माइक्रो इन्स्योरेन्समा एक दाबीबाट पाँच लाख रुपैयाँ बराबरको दाबी परेको छ।

इन्जिनियरिङ बीमामा सबैभन्दा ठूलो क्षति

बीमाको प्रकारअनुसार सबैभन्दा ठूलो आर्थिक दायित्व इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा देखिएको छ।

यसअन्तर्गत २० अर्ब ५० करोड ७७ लाख रुपैयाँ बराबरको दाबी परेको छ।

त्यस्तै:

  • सम्पत्ति बीमा – ११३ बीमालेखबाट २ अर्ब ३४ करोड ६२ लाख
  • मोटर बीमा – ३१३ बीमालेखबाट १ अर्ब ५५ करोड ९ लाख
  • परिवहन बीमा – ४७ बीमालेखबाट ८९ करोड ७७ लाख
  • अन्य बीमा – ५४ बीमालेखबाट ५२ करोड ९२ लाख
  • स्वास्थ्य बीमा – चार बीमालेखबाट ४ करोड १६ लाख रुपैयाँ

बाढीले जलविद्युत् आयोजना, सडक तथा अन्य पूर्वाधार, सवारीसाधन, व्यावसायिक सम्पत्ति र सीमावर्ती नाकामा रहेका सामानमा ठूलो क्षति पुर्‍याएकाले आगामी दिनमा बीमा दाबी अझ बढ्न सक्ने बिमाविज्ञ डा. रवीन्द्र घिमिरेले बताउनुभएको छ।

कुल बीमा दाबी खर्बनजिक पुग्न सक्ने

हालसम्म प्राप्त विवरण प्रारम्भिक मात्रै भएकाले वास्तविक क्षतिको मूल्याङ्कन भएपछि दाबीको संख्या र रकम दुवै बढ्ने अनुमान गरिएको छ।

बिमाविज्ञ डा. घिमिरेका अनुसार भोटेकोशी बाढीबाट हुने कुल बीमा दाबी खर्ब रुपैयाँनजिक पुग्न सक्ने सम्भावना छ।

जलविद्युत् आयोजना, निजी घर, होटल तथा रिसोर्ट, गोदाम, सवारीसाधन र व्यावसायिक सम्पत्तिको क्षतिको पूर्ण विवरण अझै संकलन हुन बाँकी छ।

प्रभावित क्षेत्रमा सडक तथा पहुँच पूर्वाधारसमेत क्षतिग्रस्त भएकाले बीमा कम्पनीका प्राविधिक टोलीलाई स्थलगत निरीक्षणमा पुग्नसमेत कठिन भइरहेको नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछानेले बताउनुभएको छ।

उहाँका अनुसार दाबी विवरण तथा भुक्तानीसम्बन्धी प्रक्रिया सुरु भइसके पनि पूर्ण विवरण आउन समय लाग्नेछ। बाढीबाट क्षति भएका बिमित सम्पत्तिको प्रारम्भिक विवरण संकलन गरी दाबी प्रक्रिया सहज बनाउन कम्पनीहरूलाई निर्देशन दिइएको छ।

बीमा कम्पनी भन्छन्– दाबी भुक्तानी गर्न सक्षम छौँ

ठूलो रकमको दाबी परे पनि नेपाली निर्जीवन बीमा कम्पनीहरू दाबी भुक्तानी गर्न सक्षम रहेको बिमा क्षेत्रका अधिकारीहरूले बताएका छन्।

विभिन्न कम्पनीले प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलन तथा दाबी व्यवस्थापनका लागि ‘डेडिकेटेड टिम’ परिचालन गरेका छन्।

तर सडक तथा पहुँच मार्गमा भएको क्षतिका कारण प्राविधिक टोलीलाई घटनास्थलसम्म पुग्न कठिनाइ हुँदा क्षतिको पूर्ण मूल्याङ्कनमा समय लाग्ने नेपाल बिमक सङ्घका कोषाध्यक्ष तथा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बताउनुभएको छ।

कागजात नष्ट भएका बिमितलाई सहज प्रक्रिया आवश्यक

बाढीका कारण बीमा दाबीका लागि आवश्यक कागजात, बिल, प्रमाण तथा सम्पत्तिसम्बन्धी अभिलेखसमेत नष्ट भएको हुन सक्ने भएकाले प्रभावित बिमितका लागि दाबी प्रक्रिया सहज बनाउनुपर्ने बिमक सङ्घको माग छ।

उपलब्ध प्रमाण र न्यूनतम आवश्यक कागजातका आधारमा दाबी प्रक्रिया अघि बढाउन सकिने गरी नेपाल बीमा प्राधिकरणले विशेष मापदण्ड बनाउनुपर्ने सङ्घको भनाइ छ।

भोटेकोशी बाढीको वास्तविक क्षति अझै गणना भइरहेका बेला बीमा क्षेत्रमा देखिएको २५ अर्ब रुपैयाँभन्दा बढीको प्रारम्भिक दाबीले विपद्को आर्थिक आकार कति ठूलो छ भन्ने संकेत गरेको छ। जलविद्युत् र पूर्वाधारको क्षतिको पूर्ण मूल्याङ्कनपछि बीमा दायित्व खर्ब रुपैयाँनजिक पुग्ने अनुमानले बाढीको दीर्घकालीन आर्थिक प्रभाव अझ गम्भीर हुन सक्ने देखाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही क्षेत्रमा भारी वर्षा हुनसक्ने, काठमाडौंमा अपराह्नपछि वर्षाको सम्भावना

काठमाडौँ ल्याइएका पहिचान नखुलेका शवको व्यवस्थापन सुरु, दुई दिनमा ८५ शव गोकर्णेश्वरमा पुरियो

सम्बन्धित

फोटो बोकेर आफन्त खोज्दै परिवार : शवगृह भरिएपछि सुरु भयो ‘अन्तिम प्रतीक्षाको’ अर्को पीडा

त्रिशूलीको बीचमा बाढीले घेरेको घर : ६ जनाको ज्यान जोगियो, – ‘पुनर्जन्म भयो’

भोटेकोशी बाढीमा ७ खर्बको भौतिक क्षति, पुनर्निर्माणमा पनि उस्तै चुनौती

नेपाली रुपैयाँ थप बलियो, अधिकांश विदेशी मुद्राको भाउ घट्यो

१० मिनेटको त्यो त्रास : विद्यार्थी निस्किए, आँखैअगाडि त्रिशूलीले विद्यालय बगायो

बाँसबारीको १० रोपनी जग्गा प्रकरण : विनोद चौधरी कसरी जोडिन्छन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu