ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘भोटेकोसी बाढीबारे समुचित समीक्षा गरौँ’ : एमाले नेता बादल


ABC NEWS
१७ भदौ २०८३, बुधबार   २ : ४५   बजे

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले भोटेकोसी नदीमा आएको बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा एमालेका तर्फबाट धारणा राख्दै नेता बादलले बाढीमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे। उनले विपद्को शोकको घडीमा भोटेकोसी बाढीको समुचित समीक्षा गरी आगामी दिनमा यस्ता घटनाबाट हुने क्षति न्यूनीकरणका लागि सचेत हुनुपर्ने बताए।

विज्ञहरूको भनाइ उद्धृत गर्दै बादलले जलवायु परिवर्तनका कारण हिउँ पग्लिएर हिमताल बनेको र हिमताल फुट्दा भोटेकोसीमा ठूलो बाढी आएको बताए। उनले हिमालय क्षेत्रमा जलवायु परिवर्तनको बढ्दो प्रभावबारे विश्व समुदायको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिए।

वन विनाशले समेत जलवायु परिवर्तनमा भूमिका खेलिरहेको उल्लेख गर्दै उनले नेपालले हरेक वर्ष बाढी तथा पहिरोबाट हुने विनाश व्यहोर्नुपर्ने अवस्था दुःखद भएको बताए।

नेता बादलले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने भन्दै सरकारका गतिविधिबारे नियमित रूपमा संसद्लाई जानकारी गराउन आग्रह गरे।

उनले बाढीबाट भएको क्षतिको पुनःस्थापना तथा भविष्यमा विपद् व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहयोग र क्षतिपूर्ति जुटाउन परराष्ट्रमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्ने सुझावसमेत दिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रहरीका आईजीपीदेखि कार्यालय सहयोगीसम्मले ४० करोड सहयोग गर्ने

भोटेकोसी बाढी नेपाल मात्र होइन, विश्वव्यापी संकटको संकेत हो : प्रचण्ड

सम्बन्धित

प्रचण्डको प्रश्न– ‘संसद्मा कसैको अनुहार नहेरी आउँछ–जान्छ, यो के तरिका हो ?’

विपद्मा नेतृत्वको काम आफैँ उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु हो : पराजुली

सुरुङ उद्धारमा ढिलाइबारे कांग्रेस आक्रोशित : ‘मृत्यु हो कि हत्या ? सरकारले जिम्मा लिनुपर्छ’ (पूर्णपाठ)

प्रचण्डको टिप्पणी– ‘सेना परिचालन भयो, जनपरिचालन भएन’

रसुवा बाढीबारे एमाले नेता बादलका सात सुझाव

‘भोटेकोसी बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu