ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ९ : ०५   बजे

काठमाडौं । भोटेकोसी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट ६६९ मेगावाट क्षमताका १२ जलविद्युत् आयोजना प्रभावित भएका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले तयार गरेको विवरणअनुसार प्रभावित आयोजनामध्ये आठवटा सञ्चालनमा रहेका र चारवटा निर्माणाधीन छन्। बाढीबाट क्षतिग्रस्त तथा प्रभावित ११ आयोजनाबाट ९४७ जना सम्पर्कविहीन छन्।

केही आयोजनामा उद्धार तथा सकुशल रहेका व्यक्तिको संख्या यकिन भइसकेको छ भने केही आयोजनामा अझै खोजी तथा उद्धार कार्य जारी छ।

माथिल्लो त्रिशूली–१ मा सबैभन्दा धेरै सम्पर्कविहीन

२१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा सबैभन्दा धेरै जनशक्ति सम्पर्कविहीन छन्।

बाढी आउनुअघि आयोजनामा १ हजार ४३३ जना कार्यरत रहेकामा ८७६ जनाको उद्धार भएको छ। ५५७ जना अझै सम्पर्कविहीन रहेको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले जनाएको छ।

सम्पर्कविहीनमध्ये ११५ जना मुख्य सुरुङ र हेडवर्क्स क्षेत्रमा फसेको आशंका गरिएको छ। सम्पर्कविहीन ५५७ जनामा प्रवर्द्धक कम्पनीका १५, परामर्शदाता जेड कन्सल्टका सात, मुख्य ठेकेदार दुसानका ५६, पावर चाइनाका ३८५ र इलेक्ट्रोमेकानिकल ठेकेदार एन्ड्रिज हाइड्रोका ९४ जना छन्।

रसुवागढीमा ९३ जना सम्पर्कविहीन

१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाबाट ९३ जना सम्पर्कविहीन छन्। उनीहरूमध्ये भूमिगत विद्युत्गृहमा कति जना फसेका छन् भन्ने यकिन हुन सकेको छैन।

आयोजनामा तीन जना सुरक्षित स्थानमा पुगेका थिए भने चार जना बाढी आएको दुई दिनपछि भूमिगत डिस्चार्जबाट आफैँ बाहिर निस्किएपछि उद्धार भएका थिए।

रसुवा–भोटेकोसीका पाँच जनाको उद्धार

१२० मेगावाटको रसुवा–भोटेकोसी जलविद्युत् आयोजनाबाट चार जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

आयोजनास्थलमा सुरक्षित स्थानमा पुगेका तीन जना चिनियाँ र दुई जना नेपाली गरी पाँच जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको थियो।

लाङटाङ खोलामा ४१ जना सम्पर्कविहीन

२० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाबाट ४१ जना अझै सम्पर्कमा आएका छैनन्।

आयोजनाका अनुसार सुरुङभित्र १५० मिटरसम्म पुगेर खोजी गरिएको छ। खोजी कार्यलाई थप तीव्र बनाइएको छ। प्रारम्भिक विवरणमा १९ जनाको उद्धार भएको उल्लेख छ।

चिलिमेमा भूमिगत विद्युत्गृहमा ६ जना फसे

२२ मेगावाटको चिलिमे जलविद्युत् केन्द्रको भूमिगत विद्युत्गृहमा काम गरिरहेका ६ जना फसेका छन्।

उनीहरूको उद्धारका लागि नेपाली सेना र भारतीय सेनाको विज्ञ टोली परिचालन भए पनि बुधबारसम्म उनीहरूसम्म पुग्न सकिएको छैन। साइट कार्यालयमा कार्यरत अन्य सबै सुरक्षित स्थानमा पुगेका छन्।

मैलुङ खोलाका सात जना अझै सम्पर्कविहीन

पाँच मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा कार्यरत सात जना एक सातासम्म पनि सम्पर्कमा आएका छैनन्। उनीहरूको अवस्था अझै अज्ञात छ।

त्रिशूली जलविद्युत् केन्द्रका तीन जना बेपत्ता

२४ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्रमा कार्यरत ७३ जनामध्ये ७० जना सकुशल छन् भने तीन जना सम्पर्कविहीन छन्।

सम्पर्कविहीन हुनेमा दुई जना सुरक्षागार्ड र एक जना कर्मचारी छन्।

माथिल्लो त्रिशूली–३ ‘ए’मा ४२ जना फसेको अनुमान

६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको भूमिगत विद्युत्गृहमा मर्मतका लागि गएका ४२ जना फसेको अनुमान गरिएको छ।

सुरुङभित्र बाढीले ल्याएको ढुंगा, बालुवा र माटो थुप्रिएकाले उद्धार टोलीलाई विद्युत्गृहसम्म पुग्न कठिनाइ भइरहेको छ। सुरुङभित्र प्रवेश गर्ने बाटो बनाउन र पानी पम्पिङ गरेर बाहिर निकाल्ने काम जारी छ।

देवीघाटमा एक सुरक्षागार्ड बेपत्ता

१४.१ मेगावाटको देवीघाट जलविद्युत् केन्द्रबाट एक जना सुरक्षागार्ड सम्पर्कविहीन छन्। केन्द्रमा कार्यरत अन्य कर्मचारी सुरक्षित स्थानमा पुगेका छन्।

माथिल्लो त्रिशूली–३ ‘बी’का १९१ जना सम्पर्कविहीन

३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाबाट १९१ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

सुरुङमा काम गरिरहेका २३ जना भने बाहिर निस्कन सफल भएका छन्। सम्पर्कविहीनको खोजीका लागि एक्स्काभेटर परिचालन गर्ने तयारी गरिएको छ।

मध्य त्रिशूली गंगाका दुई जना बेपत्ता

१५.६ मेगावाटको मध्य त्रिशूली गंगा जलविद्युत् आयोजनाबाट दुई जना सम्पर्कविहीन छन्। एक जनालाई भने घाइते अवस्थामा उद्धार गरिएको छ।

नुवाकोट सौर्य आयोजना पनि क्षतिग्रस्त

२५ मेगावाटको नुवाकोट सौर्य विद्युत् आयोजनाको १९.६ मेगावाट उत्पादन क्षमताको सौर्य प्लान्ट पूर्णरूपमा क्षतिग्रस्त भएको छ।

आयोजनाका सात स्थानमा राखिएका सौर्य प्लान्टमध्ये चार स्थानका प्लान्ट बाढीले बगाएको छ। आयोजनामा कार्यरत सबै सुरक्षित रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

बाढीले आयोजना कार्यालय तथा नियन्त्रण भवनसमेत बगाएको छ।

भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीले जलविद्युत् आयोजनाका उत्पादन संरचनादेखि सुरुङ, विद्युत्गृह, कार्यालय र अन्य पूर्वाधारमा क्षति पुर्‍याएको छ। विशेषगरी भूमिगत संरचनामा फसेका तथा सम्पर्कविहीन कामदारको उद्धार अहिले सबैभन्दा ठूलो चुनौती बनेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

हिमालयको बदलिँदो जोखिम : अब विपद् आउनुअघि नै सोच्नुपर्ने समय

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

 राहत बाँड्ने राज्य होइन, जोखिम घटाउने र नागरिकलाई सुरक्षित बनाउने राज्य चाहिन्छ

कांग्रेस संस्थापनइतर पक्षले मंसिर २१ देखि छुट्टै महाधिवेशन गर्ने

रोहित गुप्तालाई २ करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश

रसुवा बाढीः मृतक प्रहरी परिवारलाई १० लाख, सन्तानलाई निःशुल्क शिक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu