काठमाडौं । चर्चित गायिका विष्णु माझीको तीज गीत ‘घरबार’को म्युजिक भिडिओ सार्वजनिक भएको छ । यसपटकको तीजका लागि विष्णु माझीको स्वरमा ‘घरबार’ बोलको गीत सार्वजनिक गरिएको हो । सुरुमा अडिओ मात्रै सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडिओ अब युट्युबमार्फत हेर्न सकिने भएको छ । ‘पुतलीको भट्टी’ भाग २२ का रूपमा सार्वजनिक गीतमा विवाहित महिलाले भोग्ने पीडा र वेदनालाई प्रस्तुत गरिएको छ । गीतमा विष्णु माझीको एकल स्वर रहेको छ । गीतको रचना तथा संगीत उनका श्रीमान् सुन्दरमणि अधिकारीको रहेको छ । म्युजिक भिडिओमा सुन्दरमणि अधिकारी र ललिता पौडेलको अभिनय छ । भिडिओको निर्देशन सुन्दरमणि अधिकारीले गरेका छन् भने कोरियोग्राफी मौसम हिमालीको रहेको छ । गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा दर्शकहरूले विभिन्न प्रतिक्रिया जनाएका छन् । कतिपय दर्शकले ‘अब बल्ल तीज आयो’ भन्दै प्रतिक्रिया दिएका छन् ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्