काठमाडौं । भोटेकोसी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारी तथा मजदुरको उद्धार कार्य नवौँ दिन पनि जारी छ। बिहीबार सुरुङको माथिल्लो भागमा उत्खनन कार्य अघि बढाइएको छ। प्रतिनिधिसभा सदस्य एवं इन्जिनियर श्रीराम न्यौपानेका अनुसार सुरुङको माथिल्लो भागमा थप १० फिट उत्खनन गरिएको छ। उद्धारका क्रममा थप सात वटा ठूला ढुंगा (बोल्डर) ब्लास्टिङका लागि तयारी भइरहेको उनले जानकारी दिए। त्रिशूली नदीको सतहभन्दा करिब दुई मिटर माथि रहेको पोर्टलबाट तल्लो भागतर्फ करिब ६० मिटरको तल्लो तटीय क्षेत्रमा खन्ने काम पूरा भएको न्यौपानेले बताएका छन्। बाढीपछि त्रिशूली–३ ‘ए’ आयोजनाबाट ४२ जना अझै सम्पर्कविहीन रहेका छन्। उनीहरूको खोजी तथा उद्धारका लागि सुरुङभित्र उत्खनन कार्यलाई निरन्तरता दिइएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्