काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटपछि घिसिङले मानिसको जीवन रक्षा पहिलो प्राथमिकता भएकाले सुरुङमा फसेकाहरूको तत्काल उद्धार गर्नुपर्ने बताएका हुन्। ‘सुरुङमा फसेकाहरूलाई उद्धार गर्न स्पेसल प्रविधि भन्ने हुँदैन, काम नै गर्ने हो त्यहाँ,’ भेटपछि घिसिङले भने, ‘हामीले इक्विपमेन्ट पुर्याउनुपर्यो र प्राविधिकहरू लगेर समयमा काम गर्नुपर्यो।’ उनले सुरुङभित्र फसेकाहरूको उद्धारबारे प्रधानमन्त्री शाहले पनि चिन्ता व्यक्त गरेको बताए। उनका अनुसार प्रधानमन्त्रीले स्वदेशी प्राविधिक परिचालन गर्नुका साथै आवश्यक परे विदेशी विज्ञ तथा प्राविधिक ल्याएर उद्धार कार्य अघि बढाउन सरकार तयार रहेको बताएका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्