ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सात दशकदेखि ‘सङ्कटको सारथि’ त्रिभुवन राजपथ : विपत्तिमा सम्झिने, सामान्य अवस्थामा बिर्सिने !


ABC NEWS
१९ भदौ २०८३, शुक्रबार   ५ : ४५   बजे

काठमाडौं । पृथ्वी राजमार्गमा पहिरो जाँदा राजधानी काठमाडौंसँगको सडक सम्पर्क प्रभावित हुन्छ । यस्तो बेला विकल्प खोज्दै गर्दा राज्यको नजर फेरि त्यही पुरानो सडकमा पुग्छ—त्रिभुवन राजपथ ।

कृष्णभीरमा ठूलो पहिरो गएपछि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा अहिले पनि काठमाडौं आवतजावत गर्ने सवारीसाधनको भरपर्दो विकल्प यही राजपथ बनेको छ । सात दशकअघि निर्माण भएको यो सडकले पटक–पटक विपत्तिका बेला राजधानीलाई देशका अन्य भूभागसँग जोड्ने **‘सङ्कटको सारथि’**को भूमिका निर्वाह गर्दै आएको छ ।

तर विडम्बना के छ भने, संकट पर्दा सबैभन्दा पहिले सम्झिने यही सडक बजेट, विस्तार, स्तरोन्नति र पूर्वाधार विकासको प्राथमिकतामा भने लामो समयदेखि पछाडि पर्दै आएको छ ।

सात दशकमा पनि उस्तै सडक

त्रिभुवन राजपथको निर्माण विसं २०१३ सालमा सम्पन्न भएको हो । भारतीय सहयोगमा निर्माण भएको यो सडक त्यसबेला मालवाहक ट्रक तथा अन्य सवारीसाधन चल्न सक्ने **‘अल वेदर रोड’**का रूपमा विकास गरिएको थियो ।

विसं २०१० मङ्सिर २६ गते तत्कालीन बडामहारानी कान्ति राज्यलक्ष्मी देवीबाट थानकोटमा यसको उद्घाटन गरिएको थियो । सुरुमा जिप मात्र चल्न सक्ने कच्ची सडकका रूपमा रहेको यो मार्ग तीन वर्षपछि पूर्ण रूपमा निर्माण सम्पन्न भएको थियो ।

करिब १५९.६६ किलोमिटर लामो त्रिभुवन राजपथ काठमाडौंको त्रिपुरेश्वरबाट सुरु भएर कलंकी, नागढुङ्गा, नौबिसे, टिस्टुङ, पालुङ, दामन, हेटौँडा, पथलैया र परवानीपुर हुँदै वीरगन्जस्थित नेपाल–भारत सीमाको मैत्री पुलसम्म पुग्छ ।

निर्माण भएको ७० वर्ष पुग्न लाग्दा पनि यसका धेरै खण्ड अझै साँघुरा छन् । घुम्ती सुधार, सडक चौडा गर्ने तथा आधुनिक पूर्वाधार थप्ने काम अपेक्षित रूपमा अघि बढ्न सकेको छैन ।

भूकम्पले समेत रोक्न नसकेको सडक

त्रिभुवन राजपथको सबैभन्दा ठूलो विशेषता यसको भरपर्दोपन हो । प्रतिकूल मौसम, बाढीपहिरो र प्राकृतिक विपत्तिका बेला समेत यो सडक तुलनात्मक रूपमा कम प्रभावित हुँदै आएको छ ।

२०७२ सालको विनाशकारी भूकम्पपछि काठमाडौंमा खाद्यान्न, औषधि तथा इन्धन आपूर्ति गर्नसमेत यही सडक महत्वपूर्ण विकल्प बनेको थियो ।

अहिले पनि पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौंमा इन्धन तथा खाद्यान्न आपूर्ति सहज बनाउन त्रिभुवन राजपथ प्रयोग गर्ने प्रयास भइरहेको छ ।

संकट पर्दा मात्रै राज्यको नजर

राष्ट्रिय योजना आयोगका सदस्य तथा सडक विभागका पूर्वमहानिर्देशक इन्जिनियर अर्जुनजङ्ग थापाका अनुसार काठमाडौं जोड्ने अन्य राजमार्ग अवरुद्ध हुँदा त्रिभुवन राजपथले निरन्तर साथ दिँदै आएको छ । तर राज्यको नीति, कार्यक्रम र बजेट विनियोजनमा भने यो सडक तुलनात्मक रूपमा पछाडि पर्दै आएको छ ।

थापाका अनुसार अन्य राजमार्गको तुलनामा यो सडक कम बिग्रिने, पहिरोको जोखिम कम हुने र २०७२ को भूकम्पबाट समेत ठूलो असर नपरेको भरपर्दो मार्ग हो । तर निर्माण सम्पन्न भएको दशकौँ बितिसक्दा पनि यसको विस्तार, स्तरोन्नति र साँघुरा घुम्ती सुधार हुन सकेको छैन ।

एकैपटक सबै भार धान्न सक्दैन

सामान्य अवस्थामा त्रिभुवन राजपथमा सवारी चाप कम हुन्छ । तर पृथ्वी राजमार्ग वा नारायणगढ–मुग्लिङ सडक अवरुद्ध हुनेबित्तिकै ठूलो संख्यामा सवारीसाधन यही मार्गतर्फ मोडिन्छन् ।

सडकको क्षमता सीमित भएकाले एकैपटक अत्यधिक सवारीको भार थपिँदा समस्या हुने गरेको थापा बताउँछन् ।

विशेषगरी अत्यधिक घुम्ती र साँघुरो सडकका कारण ठूला मालवाहक गाडी तथा ट्रेलर सञ्चालन जोखिमपूर्ण हुने भएकाले सडकलाई यथाशीघ्र स्तरोन्नति गर्नुपर्ने उनको भनाइ छ ।

काठमाडौं–तराई/मधेस द्रुतमार्ग निर्माणमा ढिलाइ, कान्ति लोकपथको सीमित भरपर्दोपन तथा कुलेखानी–फाखेल, कुलेखानी–सिस्नेरी र चित्लाङलगायतका मार्ग वर्षभरि सञ्चालनयोग्य नहुँदा त्रिभुवन राजपथको महत्व अझै कायमै रहेको छ ।

‘संकटको सारथि’ मात्रै होइन, स्थायी विकल्प बनाऊ

त्रिभुवन राजपथलाई केवल विपत्तिका बेला प्रयोग गर्ने अस्थायी वैकल्पिक मार्गका रूपमा हेर्न नहुने थापाको सुझाव छ ।

दामन र पालुङजस्ता पर्यटकीय क्षेत्रलाई जोड्ने यो सडक कृषि उत्पादन तथा अन्य सामान ओसारपसारका दृष्टिले समेत महत्वपूर्ण रहेको उनको भनाइ छ ।

“त्रिभुवन राजपथलाई केवल ‘सङ्कटको सारथि’ मात्र नबनाई यसलाई पृथ्वी राजमार्गको स्थायी र सुरक्षित वैकल्पिक मार्गका रूपमा बजेट छुट्याएर सुरक्षित र भरपर्दो हुने गरी स्तरोन्नति गर्नु आजको आवश्यकता हो।”

पृथ्वी राजमार्गमा कृष्णभीरजस्ता पहिरोले पटक–पटक समस्या निम्त्याइरहेको वर्तमान अवस्थामा त्रिभुवन राजपथको स्तरोन्नति अब विकल्प होइन, रणनीतिक आवश्यकता बन्दै गएको छ ।

सात दशकदेखि विपत्तिमा राजधानीको साथ दिँदै आएको यो सडकलाई संकट पर्दा मात्रै सम्झिने कि सधैँभरि भरपर्दो वैकल्पिक राजमार्गका रूपमा विकास गर्ने, अब राज्यको प्राथमिकताले त्यसको उत्तर दिनुपर्ने देखिन्छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृष्णभीरमा सडक अवरुद्ध भएपछि बीपी राजमार्गमा ‘नाइट ट्रक’ नियम

गंगाको जलस्तर बढ्ने चेतावनीपछि बिहारका आठ जिल्लामा सतर्कता

सम्बन्धित

‘नगन्य गल्तीको ठुलो सजाय भोगिरहेका छौँ’ : प्रधानमन्त्री बालेन

एल निनो २०२७ सम्म कायम रहने प्रक्षेपण, विश्वभर चरम मौसमको जोखिम बढ्ने

कमाण्डर बाढीले बगायो, तर कर्तव्य रोकिएन : आफ्नै सहकर्मी गुमाएर पनि उद्धारमा सशस्त्र प्रहरी

सुरुङभित्र ९ दिनदेखि उद्धारको पर्खाइ, सरकारमाथि प्रश्न : ‘पिन प्वाइन्ट’ थाहा हुँदाहुँदै किन ढिलाइ ?

कांग्रेस संस्थापनइतर पक्षले छुट्टै महाधिवेशन गर्ने, मंसिर २१–२३ मा काठमाडौंमा

बालेन न्युयोर्क जाने संकेतपछि परराष्ट्रले थाल्यो राष्ट्रसंघ महासभाको तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu