ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस संस्थापनइतर पक्षले छुट्टै महाधिवेशन गर्ने, मंसिर २१–२३ मा काठमाडौंमा


ABC NEWS
१९ भदौ २०८३, शुक्रबार   ५ : ४५   बजे

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले पार्टीको १५औँ केन्द्रीय महाधिवेशन छुट्टै आयोजना गर्ने निर्णय गरेको छ । शशांक कोइराला नेतृत्वको संस्थापनइतर समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

कांग्रेस संस्थापन पक्षले यसअघि नै भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गरी असोज १९ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिकासार्वजनिक गरिसकेको छ । त्यसको समानान्तर रूपमा संस्थापनइतर पक्षले आफ्नो छुट्टै महाधिवेशनको कार्यतालिका तय गरेको हो ।

चुनदेवीस्थित सम्पर्क कार्यालयमा भदौ १७ गतेदेखि बसेको बैठकले महाधिवेशनको मिति र कार्यतालिका तय गरेको हो । बैठक महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाको संयोजकत्वमा बसेको थियो ।

यस्तो छ संस्थापनइतर पक्षको कार्यतालिका

संस्थापनइतर समूहले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज १५ गते वडा अधिवेशन हुनेछ ।

त्यसपछि:

  • असोज २० गते — पालिका अधिवेशन
  • असोज २३ गते — प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन
  • कात्तिक १५ गते — जिल्ला अधिवेशन
  • मंसिर ४ गते — प्रदेश अधिवेशन
  • मंसिर २१–२३ गते — १५औँ केन्द्रीय महाधिवेशन

भोटेकोसी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको अधिवेशन कार्यतालिका भने पछि सार्वजनिक गरिने तयारी समितिले जनाएको छ ।

निर्वाचनदेखि भ्रातृ संस्थासम्मको जिम्मेवारी कोइरालालाई

महाधिवेशन सम्पन्न गर्न आवश्यक केन्द्रीय निर्वाचन समिति, क्रियाशील सदस्य छानबिन तथा व्यवस्थापन समिति, विधान संशोधन समिति र अनुशासन समिति गठन गर्ने जिम्मेवारी संयोजक कोइरालालाई दिइएको छ ।

त्यस्तै, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल दलित संघ, आदिवासी जनजाति महासंघ, नेपाल सांस्कृतिक महासंघलगायत भ्रातृ तथा शुभेच्छुक संस्थाका तदर्थ समिति गठन गर्ने जिम्मेवारी पनि कोइरालालाई नै दिइएको छ ।

असोज ९ गतेभित्र क्रियाशील सदस्यता टुंग्याउने

संस्थापनइतर पक्षले असोज ९ गतेभित्र नयाँ क्रियाशील सदस्यताको प्रक्रिया टुंग्याउने निर्णय गरेको छ ।

१४औँ महाधिवेशनमा सहभागी भएका, २०८२ पुस १० गतेभित्र सदस्यता नवीकरण गरेका तथा नयाँ सदस्यताका लागि फारम भरेका सदस्यले १५औँ महाधिवेशनमा सहभागी हुन पाउने जनाइएको छ ।

क्रियाशील सदस्यतासम्बन्धी विवाद उत्पन्न भएमा छानबिन तथा व्यवस्थापन समितिको निर्णय अन्तिम हुने बताइएको छ ।

महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले सातै प्रदेश, ७७ जिल्ला, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका र वडा तहसम्म निर्वाचन तथा मतदान अधिकृत खटाउने तयारी गरेको छ ।

यससँगै प्रदेशसभा तथा स्थानीय तहका विभिन्न पदमा उम्मेदवार बन्न इच्छुकहरूको नामावली संकलन तथा छनोट प्रक्रिया अघि बढाउने निर्णयसमेत गरिएको छ ।

भक्तपुरमा बीपी जयन्ती मनाउने

संस्थापनइतर पक्षले आगामी भदौ २४ गते ११३औँ बीपी जयन्ती भक्तपुरमा मनाउने भएको छ ।

कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाको अध्यक्षतामा व्यवस्थापन समिति गठन गरी कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

महाधिवेशन तयारी समितिको अर्को बैठक भदौ २६ गते शुक्रबार दिउँसो १ बजे चुनदेवीमा बस्ने सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुँइकेलले जानकारी दिएका छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृष्णभीरमा सडक अवरुद्ध भएपछि बीपी राजमार्गमा ‘नाइट ट्रक’ नियम

गंगाको जलस्तर बढ्ने चेतावनीपछि बिहारका आठ जिल्लामा सतर्कता

सम्बन्धित

‘नगन्य गल्तीको ठुलो सजाय भोगिरहेका छौँ’ : प्रधानमन्त्री बालेन

एल निनो २०२७ सम्म कायम रहने प्रक्षेपण, विश्वभर चरम मौसमको जोखिम बढ्ने

कमाण्डर बाढीले बगायो, तर कर्तव्य रोकिएन : आफ्नै सहकर्मी गुमाएर पनि उद्धारमा सशस्त्र प्रहरी

सुरुङभित्र ९ दिनदेखि उद्धारको पर्खाइ, सरकारमाथि प्रश्न : ‘पिन प्वाइन्ट’ थाहा हुँदाहुँदै किन ढिलाइ ?

बालेन न्युयोर्क जाने संकेतपछि परराष्ट्रले थाल्यो राष्ट्रसंघ महासभाको तयारी

सात दशकदेखि ‘सङ्कटको सारथि’ त्रिभुवन राजपथ : विपत्तिमा सम्झिने, सामान्य अवस्थामा बिर्सिने !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu