ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ढोरपाटनकी मिना सुनारले जितिन् ‘पिपुल्स च्वाइस अवार्ड’


ABC NEWS
१९ भदौ २०८३, शुक्रबार   ६ : ०५   बजे

बागलुङ । बागलुङको ढोरपाटनकी युवा भलिबल खेलाडी मिना सुनारले प्रतिष्ठित ‘पल्सर स्पोर्ट्स अवार्ड’अन्तर्गत ‘पिपुल्स च्वाइस अवार्ड’ जितेकी छन् । दर्शक तथा खेलप्रेमीबाट प्राप्त मतका आधारमा प्रदान गरिने उक्त अवार्डमा सुनारले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी हुन् ।

‘पिपुल्स च्वाइस अवार्ड’का लागि सुनारसँगै फुटबलकी पूजा राना, करातेकी सानुमाया थिङ, क्रिकेटका शेर मल्ल र मिक्स मार्सल आर्ट्सका रविन्द्र ढाँट मनोनयनमा परेका थिए । दर्शक तथा खेलप्रेमीको मतमा सबैभन्दा अगाडि रहँदै सुनारले अवार्ड आफ्नो नाममा पार्न सफल भएकी हुन् ।

गाउँको कोर्टदेखि राष्ट्रिय पहिचानसम्म

ढोरपाटन नगरपालिका–२, बुर्तिबाङकी मिना सानै उमेरदेखि भलिबलप्रति आकर्षित थिइन् । बागलुङका ग्रामीण क्षेत्रमा भलिबल खेल्दै सुरु भएको उनको यात्रा अहिले राष्ट्रिय टोली र अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीसम्म पुगेको छ ।

निरन्तरको मेहनत, अनुशासन र उत्कृष्ट प्रदर्शनका कारण उनले नेपाली भलिबलमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी हुन् ।

उनको खेल कौशल, मेहनत र भविष्यको सम्भावनालाई मूल्याङ्कन गर्दै ‘पिपुल्स च्वाइस अवार्ड’का लागि मनोनयन गरिएको थियो । अन्ततः ठूलो संख्यामा रहेका खेलप्रेमीको मत आफ्नो पक्षमा पार्दै उनले प्रतिष्ठित अवार्ड जितिन् ।

एसियाली खेलकुदका लागि पनि छनोट

मिनाको प्रदर्शन र सम्भावनालाई ध्यानमा राख्दै उनलाई जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदका लागि नेपाली भलिबल टोलीमा समेत छनोट गरिएको छ ।

ग्रामीण क्षेत्रबाट भलिबलको यात्रा सुरु गरेकी मिना अब एसियाली खेलकुदजस्तो ठूलो अन्तर्राष्ट्रिय मञ्चका लागि तयारी गरिरहेकी छन् ।

पढाइसँगै खेलकुद

मिना हाल कक्षा १२ मा अध्ययनरत छिन् । अध्ययन र खेलकुदलाई सँगसँगै अघि बढाइरहेकी उनले आगामी दिनमा नेपाली राष्ट्रिय टोलीमा आफ्नो स्थान अझ बलियो बनाउने लक्ष्य राखेकी छन् ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि उत्कृष्ट प्रदर्शन गर्ने उनको सपना छ ।

ढोरपाटनको ग्रामीण परिवेशबाट उदाएकी मिनाले पाएको यो सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित छैन । यसले बागलुङको ग्रामीण भेगमा लुकेका खेल प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्ने बाटो पनि देखाएको छ ।

सानो ठाउँको कोर्टबाट सुरु भएको उनको यात्रा अहिले देशकै प्रतिष्ठित खेल सम्मानसम्म आइपुगेको छ—र अब उनको नजर अन्तर्राष्ट्रिय पदकतर्फ छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृष्णभीरमा सडक अवरुद्ध भएपछि बीपी राजमार्गमा ‘नाइट ट्रक’ नियम

गंगाको जलस्तर बढ्ने चेतावनीपछि बिहारका आठ जिल्लामा सतर्कता

सम्बन्धित

मलेसियालाई ६ विकेटले हराउँदै नेपाल लगातार दोस्रो जितसँगै शीर्षस्थानमा

मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनल नजिक

खप्तड फाल्कोन्सले ब्राजिलियन सेटर नेटोलाई अनुबन्ध गर्‍यो

मलेसियाले नेपाललाई दियो १०४ रनको लक्ष्य

आज हुँदै एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २३औँ संस्करण

मलेसियाविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu