ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनसेलका सीईओ माइकल फोलेले दिए राजीनामा, डिल्लीराम श्रेष्ठ अन्तरिम प्रमुख


ABC NEWS
१९ भदौ २०८३, शुक्रबार   १० : ३५   बजे

काठमाडौं । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले राजीनामा दिएका छन्। २०८२ कात्तिक १५ गतेदेखि सीईओको जिम्मेवारी सम्हाल्दै आएका फोलेको राजीनामा एनसेल सञ्चालक समितिले स्वीकृत गरेको हो।

समितिले भदौ ९ गतेदेखि लागू हुने गरी नयाँ सीईओ नियुक्त नभएसम्मका लागि प्रमुख कर्पोरेट तथा नियामकीय मामिला अधिकृत डिल्लीराम श्रेष्ठलाई अन्तरिम सीईओको जिम्मेवारी दिएको छ।

नयाँ सीईओ नियुक्त नभएसम्मका लागि आवश्यक ‘लिमिट अफ अथोरिटी’ समेत श्रेष्ठलाई प्रदान गरिएको एनसेलले जनाएको छ।

उच्च व्यवस्थापनमा थप फेरबदल

सीईओको राजीनामासँगै एनसेलले आफ्नो उच्च व्यवस्थापनमा समेत फेरबदल गरेको छ। स्रोतका अनुसार नेपाली सेनाका अवकाशप्राप्त **मेजर जनरल सन्तोषकुमार ढकाललाई ‘चिफ अफ स्टाफ’**को जिम्मेवारी दिइएको छ।

त्यस्तै, कर्पोरेट कम्युनिकेसन तथा सस्टेनिबिलिटी निर्देशक विशाखा लक्ष्मी खड्कालाई एनसेल फाउन्डेसनको निर्देशकको जिम्मेवारी दिइएको छ।

एनसेलले व्यवस्थापनमा भएको फेरबदलसम्बन्धी जानकारी भदौ १६ गते नै नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्रमार्फत गराइसकेको छ। प्राधिकरणका एक अधिकारीले एनसेलको सीईओ परिवर्तनसम्बन्धी पत्र प्राप्त भएको पुष्टि गरेका छन्।

स्मार्ट टेलिकमको सम्पत्तिसम्बन्धी मुद्दाको प्रभाव?

पछिल्लो समय सरकारको स्वामित्वमा गइसकेको स्मार्ट टेलिकमको सम्पत्ति नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एनसेललाई बिक्री गरेको विषयमा बैंक तथा एनसेलका अधिकारीविरुद्ध मुद्दा दायर भएको छ।

उक्त मुद्दाका कारण फोलेलाई नेपालमा बसेर काम गर्न असहज अवस्था सिर्जना भएपछि उनले राजीनामा दिएको बुझिएको छ। यद्यपि, केही समयअघि नेपाल आएर कार्यालयसमेत पुगेका फोलेले आफ्ना सहकर्मीहरूलाई पारिवारिक दायित्वका कारण जिम्मेवारी छाड्न लागेको जानकारी गराएको स्रोतको भनाइ छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृष्णभीरमा पृथ्वी राजमार्ग जोड्न नयाँ ट्र्याक निर्माण सुरु

भोटेकोशी बाढीले नेपालसहित विश्वका हिमाली मुलुकलाई सचेत गराएको विज्ञको भनाइ

सम्बन्धित

चीन सीमामा बाढी–पहिरोको पूर्वसूचना प्रणाली पुनर्निर्माण गरिँदै

लाइसेन्स सकिन दुई साता बाँकी रहँदा यूटीएलले माग्यो ९ करोड ५० लाख डलर विदेशी लगानी

बाढी प्रभावित क्षेत्रमा बिटिएस साइट सुचारु

उद्धारमा सरकारको ढिलाइप्रति संसद्मा शाहीको प्रश्न

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसीटीभी जडान

नासाको नयाँ ‘रोमन’ स्पेस टेलिस्कोप अन्तरिक्षमा, खोज्नेछ ब्रह्माण्डका गहिरा रहस्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu