काठमाडौं । भदौ १० गते आएको बाढीपछि माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धार कार्य जारी छ ।
शुक्रबार बिहान नेपाली सेनासहितको उद्धार टोलीले सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरेको थियो । त्यसपछि पुनः सुरुङभित्र एउटा शव फेला परेको उद्धारमा खटिएका सशस्त्र प्रहरीका हवल्दार पवन तामाङले बताएका छन् ।
तामाङ सुरुङभित्रसम्म पुगेर बाहिर फर्किएका हुन् । उनका अनुसार सुरुङभित्र एउटा शव देखिएको छ ।
शव फेला परेको स्थानमा उद्धार टोली पुगेर थप उद्धार तथा शव बाहिर निकाल्ने प्रयास गरिरहेको जनाइएको छ । बाढीका कारण सुरुङभित्र लेदो र पानी जमेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्