ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा–नुवाकोटमा आकस्मिक बाढीको उच्च जोखिम


ABC NEWS
२० भदौ २०८३, शनिबार   ९ : २५   बजे

काठमाडौं । देशका विभिन्न जिल्लामा आज पनि आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षासँगै साना तथा ठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ।

रसुवा र नुवाकोट भएर बहने भोटेकोशी, त्रिशूली तथा आसपासका साना नदीमा बहाव बढ्ने सम्भावना रहेकाले यी दुई जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि अहिले भोटेकोशी र त्रिशूलीको बहाव सतर्कता तहभन्दा तल रहे पनि उच्च सतर्कता अपनाउनुपर्ने महाशाखाको भनाइ छ।

यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लामा बहने साना नदी तथा खोलामा बहाव बढ्ने सम्भावना छ। ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।

यसैबीच सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी, सुनकोशी, पश्चिम सेती र महाकालीलगायत ठूला नदीमा पनि बहाव उल्लेख्य बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार आज बिहानको मापनमा कोशी, नारायणी, वाग्मती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीसँगै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्तीको बहाव भने सतर्कता तहभन्दा तल रहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी–पहिरोले देशभरका दर्जनौँ सडक अवरुद्ध

रसुवा भोटेकोसी बाढी : मृतकको संख्या १,३४४ पुग्यो

सम्बन्धित

हेटौँडा–काठमाडौं आवागमनका लागि भीमफेदी–सिस्नेरी सडक वैकल्पिक मार्ग बनाइँदै

दस दिनसम्म बन्द थियो चुलो, आमाको आँखामा थियो छोराको अनुहार; कृष्णाष्टमीमा फर्कियो सञ्जयको सास

बाढीले बगाएका पुलमा बेलिब्रिज राख्दै सडक विभाग, वेत्रावती र त्रिशूलीमा अझै चुनौती

नुवाकोटको पटाबारीमा पहिरो, काठमाडौं–नुवाकोट सडक अवरुद्ध

‘अब जीवन यति नै रहेछ’ लागेको थियो, भित्ताले फोडेपछि बाढीको भुमरीमा हुत्तिएँ

भोटेकोशी बाढीमा बेपत्ता आफन्त खोज्न गएकाहरू निराश हुँदै घर फर्किए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu