ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले नेपाललाई अत्याधुनिक ड्रोन दियो


ABC NEWS
२० भदौ २०८३, शनिबार   ५ : ३५   बजे

काठमाडौं । सुरुङभित्र खोजी तथा उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी बनाउन स्विट्जरल्यान्डले नेपाललाई विशेष प्रकारको अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ।

स्विट्जरल्यान्डले शनिबार उक्त ड्रोन नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरेको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको सचिवालयको पहलमा ड्रोन प्राप्त भएको जनाइएको छ।

स्विट्जरल्यान्डको ड्रोन निर्माता कम्पनी ‘फ्लाईबिलिटी’ले निर्माण गरेको ड्रोन मानिस प्रवेश गर्न कठिन हुने अँध्यारा, साँघुरा र जोखिमपूर्ण सुरुङभित्र खोजी तथा निरीक्षणका लागि प्रयोग गर्न सकिन्छ।

ड्रोनमा विशेष सुरक्षा घेरा जडान गरिएको छ। जसका कारण सुरुङका भित्ता, चट्टान वा अन्य संरचनामा ठोक्किए पनि ड्रोनमा ठूलो क्षति नपुगी पुनः उडान गर्न सक्ने बताइएको छ।

सुरुङभित्रको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन सकिने भएकाले यसले उद्धार टोलीलाई सम्भावित जोखिम पहिचान गर्न, फसेका व्यक्तिको अवस्थाबारे जानकारी संकलन गर्न तथा उद्धार रणनीति बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार उद्धारकर्ता सुरुङभित्र प्रवेश गर्नुअघि ड्रोनमार्फत जोखिमको अवस्था पहिचान गर्न सकिने भएकाले कठिन परिस्थितिमा उद्धार कार्यलाई थप सुरक्षित र प्रभावकारी बनाउन प्रविधिले महत्वपूर्ण सहयोग पुग्नेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उद्धार गरिएकी चण्डिकाको शल्यक्रिया तयारी

भोटेकोसी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

सम्बन्धित

एनसेलका सीईओ माइकल फोलेले दिए राजीनामा, डिल्लीराम श्रेष्ठ अन्तरिम प्रमुख

चीन सीमामा बाढी–पहिरोको पूर्वसूचना प्रणाली पुनर्निर्माण गरिँदै

लाइसेन्स सकिन दुई साता बाँकी रहँदा यूटीएलले माग्यो ९ करोड ५० लाख डलर विदेशी लगानी

बाढी प्रभावित क्षेत्रमा बिटिएस साइट सुचारु

उद्धारमा सरकारको ढिलाइप्रति संसद्मा शाहीको प्रश्न

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसीटीभी जडान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu