काठमाडौं । रसुवाको भोटेकोसी हुँदै आएको बाढीपछि त्रिशूली त्रिशूली–३’बी’ जलविद्युत् आयोजनामा उद्धार कार्य जारी रहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार तीनवटा एक्स्काभेटर र ८९ जना नेपाली सेना परिचालन गरी कार्यालय भवन क्षेत्रमा उत्खनन तथा उद्धार कार्य भइरहेको छ ।
साथै, थप ठूलो एक्स्काभेटरलाई सुरुङमार्फत क्याम्प क्षेत्रसम्म ल्याउने कार्य भइरहेको प्राधिकरणले जानकारी दिएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्