ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिरोले कर्णाली करिडोर अवरुद्ध, दुई दर्जनभन्दा बढी पर्यटक अलपत्र


ABC NEWS
२१ भदौ २०८३, आइतबार   १२ : ५५   बजे

हुम्ला । पहिरो खसेपछि कर्णाली करिडोरअन्तर्गत सिमकोट–हिल्सा सडकखण्डको च्याछरामा यातायात अवरुद्ध भएको छ।

चट्टानी भीरबाट ठूला ढुङ्गासहित पहिरो खसेर सडक अवरुद्ध भएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको हो। सिमकोटबाट नाँखा गाउँपालिका केन्द्र याल्वाङतर्फ जाने क्रममा सडकको चार स्थानमा पहिरो भेटिएको यात्रुहरूले बताएका छन्।

सडकमा खसेका साना ढुङ्गा यात्रुहरूले मिलेर पन्छाए पनि ठूलो पहिरो हटाउन नसक्दा आवतजावतमा समस्या भएको छ।

च्याछराको चट्टानी भीरबाट ठूला ढुङ्गासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको बताइएको छ।

पहिरोका कारण मानसरोवर–कैलाश दर्शनका लागि हिल्सातर्फ गइरहेका दुई दर्जनभन्दा बढी पर्यटकसमेत बाटोमै अलपत्र परेका छन्।

सिमकोट–हिल्सा सडक योजनाका प्रमुख वेलबहादुर नेपालीका अनुसार पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

सडक अवरुद्ध भएपछि यात्रु तथा पर्यटकलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाउन समस्या भएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : मृतक १ हजार ३४१, सम्पर्कविहीन झण्डै ५ हजार

कृष्णभीरमा राजमार्ग अवरुद्ध भएपछि तीन दिनमा ८७ हजारभन्दा बढी ग्यास सिलिन्डर काठमाडौं भित्रियो

सम्बन्धित

रोल्पाको सहिदमार्ग अवरुद्ध

कञ्चनपुरमा तीन घरको एउटै प्रतीक्षा : ‘बाबा कहिले आउनुहुन्छ?’

रसुवामा बाढीको कहर : ३ हजार ७१ अझै सम्पर्कविहीन, १ हजार ३१३ को जीवितै उद्धार

काजकिरिया चल्दै गर्दा जीवितै उद्धार

५८ वर्षपछि घर फर्किए यामबहादुर : परिवारले आशा मारेको दाजु फूलमालासहित स्वागत

काठमाडौँको ग्यास अभाव टार्न बाहिरबाटै दैनिक ३५ हजार सिलिन्डर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu