ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बन्दूकधारी समूहको आक्रमणमबाट नाइजेरियामा कम्तिमा ३० गाउँलेको मृत्यु


एबीसी न्यूज
९ बैशाख २०७५, आइतबार   ९ : ०४   बजे

 

लागोस, नाइजेरिया, ८ वैशाख।  नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यमा एक सशस्त्र लुटेराहरूको समूहले बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म गरेका आक्रमणमा कम्तिमा ३० जनाको मृत्यु भएको छ भने उक्त घटनामा अन्य दर्जनौँ मानिस घाइते भएका स्थानीय अधिकारीले शनिबार बताएका छन् ।

लुटेराहरूको समूहले मारू ग्रामिण क्षेत्रको दानमनी र काबारो समुदायमा उक्त आतङ्ककारी हमला गरी गाउलेहरूको सम्पत्तिसमेत लुटेर लगेको बताइएको छ ।

स्थानीय प्रहरी सालिसु दाङगुल्बीले दिएको जानकारी अनुसार लुटेराहरूको सशस्त्र समूह गाउँमा पसेर अन्धाधुन्ध गोली चलाउन थालेपछि कतिपय गाउलेहरू ज्यान जोगाउन भागेर अन्यत्र गएका थिए भने कतिपय प्रतिकार गर्नेक्रममा गोली लागि मृत्यु भएका थिए ।

शुक्रबार सुरक्षाकर्मी पुगेपछि लुटेराहरू भागेर सुरक्षित स्थलतर्फ लागेका बताइएको छ ।

“आक्रमण भएको स्थानमा सेनासहित प्रहरी पुगेको र अहिले घटनास्थल सामान्य अवस्थामा आएको छ,” गुसाउमा गरिएको पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता मोहम्मद सेहेहुले भन्नुभयो ।

प्रहरीले तीनजना संदिग्ध अपराधीलाइ नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको उहाँले बताउनुभयो ।

उक्तस्थानमा यही अप्रिल ११ गते लुटेराहरूको एक समूहले पनि आक्रमण गरेको थियो । जसमा दर्जनौँ नागरिकको ज्यान गएको थियो । जाम्फारामा यस बर्षको शुरूदेखि अहिलेसम्म विभिन्न एक दर्जनभन्दा बढी गाउँमा सशस्त्र लुटेराको समूहले आक्रमण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

सम्बन्धित

केरुङ बाढी–पहिरोमा बेपत्ता ५४६ मध्ये २६१ विदेशी नागरिक

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu