ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्व स्वास्थ्य संगठनद्वारा सिरियामा स्वास्थ्य क्षेत्रमा लगानी बढाउन आग्रह


एबीसी न्यूज
१२ बैशाख २०७५, बुधबार   ११ : १४   बजे

 

 स्वीट्जरल्याण्ड,१२ वैशाख।  सिरियामा मानवीय सङ्कट बढीरहँदा मङ्गलबार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले स्वास्थ्य क्षेत्रमा थप लगानी गर्नुपर्ने बताएको छ ।

सिरिया र छिमेकी पाँच विभिन्न मुलुकमा द्वन्द्वका कारण विस्थापित बनेका एक करोड ७० लाख नागरिकले खाद्यान्नको सङ्कट झेल्नुपरेको डव्लुएचओले जनाएको छ ।

अन्तर्राष्ट्रिय समुदायको ब्रसेल्समा भएको भेलाले सिरियाली जनताको जीवनरक्षाका लागि खाद्यान्न लगायत अतिआवश्यक दैनिक उपभोगका वस्तुका लागि थप लगानी गर्नु पर्ने देखिएको डब्लुएचओको को भनाई छ ।

सिरियाली द्वन्द्व, विभिन्न सामानको अभाव, असुरक्षा, सामान्य जनजीवनमा अवरोधको अवस्थाले लाखौँ सिरियालीलाई स्वास्थ्य सहयोगकोसमेत खाँचो रहेको छ ।

यसैबीच सिरियाबाट विभिन्न छिमेकी मुलुकमा गई शरण लिई बसेका ठूलो सङ्ख्याका सिरियाली नागरिक गरिबीको रेखामुनि बाँच्न बाध्य रहेका पाइएको र उनीहरूले अतिआवश्यकीय स्वास्थ्य सेवाको सुविधासमेत लिन नसकेको विश्व समुदायको ध्यान आकृष्ट गरिएको छ ।

सन् २०११ देखि शुरू भएको सिरियाली युद्धका कारण करिब एक करोड १३ लाख सिरियाली नागरिक देशभित्र नै बाँच्न र अन्य जीवन रक्षाका लागि चाहिने अतिआवश्यकीय सामग्रीका सहयोगको पर्खाइमा रहेका बताइएको छ । सिरियामा झण्डै आधा स्वास्थ्य सेवामात्र सम्पूर्ण रूपमा सेवा प्रदान गर्नसक्ने स्थितिमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

सम्बन्धित

केरुङ बाढी–पहिरोमा बेपत्ता ५४६ मध्ये २६१ विदेशी नागरिक

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu