ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरक्षा परिषद्को टोलीद्वारा सूकीसँग भेट


एबीसी न्यूज
१८ बैशाख २०७५, मंगलबार   ८ : ४१   बजे

 

म्यानमार,  १८ वैशाख । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सूकीसँग संयुक्त राष्ट्रसंघ अन्तर्गतको सुरक्षा परिषद्को उच्चस्तरीय टोलीले सोमबार भेटवार्ता गरेको छ ।
म्यानमारको राखिनेमा हिंसा सुरु भएपछि उहाँलाई भेट्ने कुटनीतिज्ञहरूमध्ये यो सवै भन्दा उच्चतहको भेटवार्ता हो ।
म्यानमारको राखिनेमा मुस्लीम धर्म मान्ने रोहिङ्ज्या समुदाय र बहुसङ्ख्यक वुद्धमार्गी समुदायबीच भएका विवादमा सरकारी सेनाले गरेको कारबाहीका क्रममा दर्दनाक हिंसाका घटना भएका छन् ।

सोमबार दिउसो सूकीको अध्यक्षतामा बसेको बैठकमा १५ जना राष्ट्रसंघीय प्रतिनिधिहरू सहभागी भएका थिए ।
उनीहरूले म्यानमारबाट विस्थापित भएर शरणार्थी जीवन विताइरहेकाहरूलाई सुरक्षित तरिकाले स्वदेश फकर्ने व्यवस्था गर्न सूकीलाई दवाव दिएका थिए ।
उनीहरूको टोलीले हेलिकोप्टर मार्फत् मंगलबार हिंसा प्रभावित उत्तरी राखिने राज्यको अवलोकन पनि गरेका छन् ।
पछिल्लो एक तथ्यांक अनुसार झण्डै सात लाख रोहिङ्ज्या समुदायका व्यक्तिहरु विस्थापित भएर छिमेकी मुलुक बङ्लादेशमा शरणार्थी भएका छन् ।
राष्ट्रसंघीय अधिकारीहरूले बंगलादेशमा रहेका ठूलो संख्याका म्यान्माली रोहिङज्या शरणार्थीहरूका लागि कम्तिमा पनि २५ करोड डलर सहायता चाहिएको बताए ।
उनीहरूले बंगलादेशमा रहेका रोहिङज्याहरूको खानपिन तथा अन्य आधारभूत आवश्यकताकै लागि सो रकम चाहिएको बताएका हुन् ।
रोहिङज्या मुसलमान समुदायका नागरिकलाई स्वदेश फर्काउने प्रयोजनका लागि के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक प्रतिनिधिमण्डलले शनिबारदेखि म्यानमार र बङ्गलादेशको भ्रमण सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

सम्बन्धित

केरुङ बाढी–पहिरोमा बेपत्ता ५४६ मध्ये २६१ विदेशी नागरिक

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu