ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१६ वर्षकी किशोरीमाथि सामूहिक बलात्कार, न्याय माग्दा जिउँदै जलाएर हत्या


admin
२३ बैशाख २०७५, आइतबार   ४ : ०२   बजे

काठमाडौं, २३ वैशाख । भारतको झारखण्ड राज्यमा एक १६ वर्षीया किशोरीलाई बलात्कार गरिएको गुनासो उनका बाबुआमाले गाउँका अग्रजहरू समक्ष गरेपछि ती किशोरीलाई जिउँदै जलाइएको प्रहरीले जनाएको छ।

उक्त घटनामा संलग्न ठानिएका १४ जनालाई पूर्वी राज्य झारखण्डमा पक्राउ गरिएको छ।

प्रहरीका अनुसार गाउँलेहरूले बलात्कारको अभियोग लागेकालाई सजायस्वरूप ५० हजार रूपैयाँ तिर्न र १ सय पटक उठबस गर्न भनेका थिए।

तर आरोपितहरू निकै क्रुद्ध बने र ती किशोरीका बाबुआमालाई पिटे र उनलाई आगोमा राखे।

स्थानीय प्रहरी चौकीका अधिकारी अशोक रामले समाचार संस्था एएफपीलाई भने, ‘आरोपित दुई व्यक्तिले आमाबुवालाई पिटे र उनीहरूको घरमा गएर ती किशोरीलाई साथीहरूको सहयोगमा जलाए।’

ती किशोरीलाई उनका आमाबुवा विवाहमा गएका बेला घरबाट अपहरण गरिएको थियो।

स्थानीय प्रहरीले उनलाई दुईजना पुरूषले राजा केन्दुवा गाउँ नजिकैको जंगल क्षेत्रमा लगेर बलात्कार गरेको बताएका छन्।

बलात्कार र हत्याका ३ दोषीलाई मृत्युदण्ड

घटनाबारे खोज्दै जाँदा आमाबुवाले गाउँका अग्रजहरूलाई अपराध गरेको ठानिएकाहरू विरुद्ध अभियोग चलाउन भनेका थिए।

गाउँका अग्रजहरूको समूहले कानूनी हैसियत राख्दैन।

विवाद

यद्यपि, भारतको विकट क्षेत्रमा उनीहरूको प्रभाव महत्त्वपूर्ण हुन्छ र भारतको महँगो न्यायिक प्रक्रियामा जानुभन्दा विवाद मिलाउने एउटा माध्यम पनि हो।

उक्त राज्यको प्रहरीले बलात्कारपछि हत्या घटनामा आफूले अनुसन्धान गरिरहेका १८ व्यक्तिमध्ये १४ जनालाई पक्राउ गरिसकेको जनाएको छ।

बलात्कार गर्ने दुईमध्ये एकलाई अझै पक्राउ गर्न बाँकी रहेको बोकरोका प्रहरी निरीक्षक शम्भु ठाकुरले हिन्दुस्तान टाइम्सलाई बताएका छन्।

भारतमा यौन हिंसासम्बन्धी अपराधहरूको शृङ्खलामध्ये यो पछिल्लो घटना हो। सन् २०१६ मा मात्रै भारतमा ४० हजार बलात्कारका घटनाहरू प्रहरीसम्म पुगेका छन्।

बीबीसी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसीमा पुनः बाढी आएपछि धुञ्चेसम्म त्रास, स्थानीय सुरक्षित स्थानमा गए

भोटेकोसीमा आएको बाढीले आधा घण्टामै त्रिशूलीको जलसतह ३ मिटर बढ्यो

सम्बन्धित

केरुङ बाढी–पहिरोमा बेपत्ता ५४६ मध्ये २६१ विदेशी नागरिक

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu