ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा विषाक्त रक्सी सेवनबाट १२ जनाको मृत्यु


एबीसी न्यूज
८ जेष्ठ २०७५, मंगलबार   ७ : ००   बजे

 

कानपुर, भारत ।  उत्तरी भारतको कानपुरमा विषाक्त रक्सी सेवनबाट कम्तीमा १२ जनाको मृत्यु् भएको छ ।

कानपुरको नगर र ग्रामीण क्षेत्रमा भएको यस घटनामा १२ व्यक्तिको मृत्यु भएको बताइएको छ ।

कानपुर नगरको सचेण्डीमा शनिबार छ जना र कानपुरकै रूरामा आइतबार थप छ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् ।

यस घटनामा अन्य केही व्यक्ति बिरामी परेका तर बिरामीहरुको यकिन संख्यामा दिइएको छैन । बिरामी सवैको स्थानीय अस्पतालमा उपचार भईरहेको बतइएको छ ।

बिरामीहरुमा केहीको अवस्था चिन्ताजनक भएकोले मृतकको संख्या बढ्नसक्ने समेत अस्पताल स्रोतले जानकारी दिएको छ ।

हालसम्म विषाक्त रक्सी बेचेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको र त्यसमध्ये विनय सिंह नामक एक व्यक्ति प्रमुख आरोपीको रुपमा रहेको पाइएको प्रहरीको भनाई छ ।

भारत सरकारले मृतकका परिवारलाई दुई लाख भारतीय रूपैयाँ दिने घोषणा गरेको छ भने बिरामीलाई उपचारको सहयोगको रुपमा ५० हजार भारतीय रूपैयाँ उपलब्ध गराइने बताएको छ ।

यस घटनाका बिरामीलाई भेट्न शनिबार कानपुरको हैलट अस्पताल पुग्नु भएका मुख्यमन्त्री दिनेश शर्माले यस अपराधीक कार्यमा दोषी पाइएकालाई कडा कारबाही गरिने बताउनु भएको छ ।

यस घटनाबारे विभिन्न स्तरमा अनुसन्धान भइरहेको प्रहरी अधिकारी अखिलेश कुमारले बताउनु भएको छ ।
रक्सी विक्रेता र स्थानीय प्रहरीबीच साठगाँठ रहेको हुनसक्ने आशङ्कामा अनुसन्धान भइरहेको पनि उहाँले जानकारी दिनु भएको छ ।

ट्रक र बस ठोक्किदा ९ जनाको मृत्यु 

यसैबीच भारतको मध्यप्रदेशमा भएको सडक दुर्घटनाको एक घटनामा परी कम्तीमा नौ व्यक्तिको मृत्यु भएको अर्काे छ ।

मध्य प्रदेशको गुना जिल्लामा ट्रक र बस एक आपसमा ठोक्किदा भएको दुर्घटनामा नौ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० जना घाइते भएका प्रहरी स्रोतले सोमबार जानकारी दिएको छ ।

मध्य प्रदेशको प्रान्तीय राजधानी भोपालबाट दुई सय किलोमिटर टाढा यो घटना भएको थियो ।

एकजना चालक, उनका सहयोगीसहित ३२ जना यात्रु सवार एक बस गुजरात राज्यतर्फ गइरहेका बेला दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group