ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुन र किमबीच पानमुनजोममा भेट


एबीसी न्यूज
१३ जेष्ठ २०७५, आइतबार   ७ : २०   बजे

सोल, दक्षिण कोरिया, १३  जेठ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इन र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच शनिबार कोरियाली सीमाक्षेत्रमा रहेको शान्ति क्षेत्र पानमुनजोममा शनिबार दोस्रो शिखर सम्मेलन भएको छ ।

दक्षिण कोरियाली राष्टङपतिको कार्यालय बताए अनुसार दुई नेता पानमुनजोमको उत्तर कोरियाली गाउँमास्थानीय समयअनुसार शनिबार दिउसो ३ बजे भेट भई करिब दुई घण्टा सम्वाद गर्नुभएको थियो ।

भेटमा दुई नेताले गत अप्रिल २७ मा भएको पानमुनजोम घोषणापत्रको कार्यान्वयनबारे एक आपसमा विचार आदानप्रदान गर्नुभएको थियो । उहाँहरूले उत्तर कोरियाली नेता तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने भनिएको तर विविधकारणले अनिश्चित बनेको शिखर सम्मेलनलाई कसरी सफल पार्ने भन्ने बिषयमासमेत छलफल गर्नुभएको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ ।

मुनले शिखर सम्मेलनबाट निस्केका निचोडबारे स्थानीय आइतबार बिहान जानकारी गराउने कार्यक्रम रहेको ब्लु हाउसले जनाएको छ । यसबारे राष्ट्रपतिको कार्यालयले बिस्तृत विवरण भने दिएको छैन ।

मुन र किमबीच गत अप्रिल २७ मा पहिलोपटक भेट भएको थियो भने उक्त भेटमा दुई नेताले कोरियाली प्रायद्वीपलाई पूर्णतया आणविक हतियारविहीन बनाउने र लामो समयदेखि कायम रहेको युद्धविराम सम्झौतालाई शान्ति सम्झौतामा रूपान्तरण गर्ने सहमति भएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले दुई दिन पहिले उत्तर कोरियाली नेता किमलाई चिठ्ठी लेखी सिङ्गापुरमा हुने भनिएको किमसँगको शिखर सम्मेलन तत्कालका लागि अगाडि बढाउन नसकिने बताउनुभएको थियो । अमेरिकी राष्ट्रपतिले सम्मेलन रोकिनुको कारण उत्तर कोरियाद्वारा देखाएको खुला विरोध भएको जनाएको थियो ।

बिहीबार ट्रम्पले किमलाई पठाएकोे पत्रमा लेखिएको थियो, “दुःखका साथ म यो जानकारी गराउन बाध्य छु कि उत्तर कोरियाको पछिल्ला खुल्ला आलोचनात्मक व्यवहार र गतिविधिहरूका कारण दुई पक्षीय शिखर वार्ता गर्न अहिले उपयुक्त समय नभएको महशुस गरिएको छ ।”

यसअघि अमेरिकी उपराष्ट्रपति माईक पेन्सले सिंगापुरमा हुने भनिएको किम र ट्रम्पबीचको शिखर वार्ता हुने विषयमा शङ्का व्यक्त गर्नुभएको थियो भने उत्तर कोरियाले पेन्सलाई ‘अज्ञानी र मुर्र्ख’ को संज्ञा दिएको थियो । ट्रम्पको पत्र उत्तर कोरियाको यसै भनाईपछि आएको थियो । तर अमेरिकाले उत्तर कोरियाली नेतालाई लेखेको पत्रपछि उत्तर कोरियाली अधिकारी र अमेरिकी राष्ट्रपतिबीच सम्वाद नटुटाउने बिषयमा कुरा भएको भन्ने सूचनाहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितको उद्धार र राहतका लागि निर्माण व्यवसायी महासंघद्वारा सवारीसाधन उपलब्ध गराउन अपिल

विपद् प्रभावित क्षेत्रमा अनुमति बिना ड्रोन नउडाउन सरकारको आग्रह

सम्बन्धित

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu