ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्थिक क्षेत्रमा ठूलो क्रान्तिकारी परिवर्तन सम्भव छ – अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
२४ जेष्ठ २०७५, बिहिबार   ३ : १५   बजे

काठमाडौँ, २४ जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आगामी दश वर्षमा देशको आर्थिक क्षेत्रमा क्रान्तिकारी परिवर्तन सम्भव रहेको बताएका छन् ।
बिहीबार राजधानीमा साना तथा मझौला व्यवसायी महासंघको १५औँ स्थापना दिवसको उद्घाटन गर्दै अध्यक्ष दाहालले देशमा भएको स्रोत साधन र जनशक्तिको सहि परिचालनबाट आर्थिक क्षेत्रमा ठूलो क्रान्तिकारी परिवर्तन सम्भव रहेको बताए।

अहिलेको सरकारसँग दुईतिहाई बहुमत रहेको बताउदै अध्यक्ष दाहालले लामो समयपछि देशमा आर्थिक विकासका निम्ति राजनीतिक वातावरण तयार भएको उल्लेख गरे। सरकार र सबै राजनीतिक दलहरुले स्थिरता, सुशासन र आर्थिक विकासलाई आफ्नो मूल एजेण्डा मानेको दाहालको भनाइ छ।

मुलुकको आर्थिक विकासका लागि सरकारले छिमेकी मुलुकहरुसँग सन्तुलित सम्बन्ध विकास भएको दाहालले बताए।

नेपालका प्रधानमन्त्रीको भारत भ्रमण र भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण र केही समयपछि हुन लागेको नेपालका प्रधानमन्त्रीको चीन भ्रमण र चीनबाट नेपालमा हुने उच्चस्तरीय भ्रमणहरुमा आर्थिक विकासलाई नै मुख्य एजेण्डा बनाइएको उनको भनाइ थियो।

देशमा स्थितरता र सुशान,उद्योग र व्यवसाय,रोजगारीको वातवरण भएपछि मात्र विदेशीका युवाहरु स्वदेश फर्काउन सम्भव हुने अध्यक्ष दाहालले दाबी गरे।

कार्यक्रममा महासंघका अध्यक्ष बाबुकाजी महर्जनले समृद्व नेपाल निर्माणका लागि महासंघले ‘एक घर एक व्यवसाय’ भन्ने नारा ल्याएको भन्दै यसलाई व्यवस्थित गर्न महासंघ लागिपरेको बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष दाहालले महासंघद्वारा प्रकाशित ‘एसएमई फोकस’ नामक पुस्तकको विमोचन गर्नुभयो । पुस्तकमा उद्योगसम्बन्धी विभिन्न अनुसन्धानत्मक लेख, महिलालाई कसरी उद्यमी बनाउने, पर्यटन व्यवसायको महत्वलगायतको लेख समावेश छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group