ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पसँग ‘रचनात्मक’ भेटका लागि पुटिनको अपेक्षा


एबीसी न्यूज
२७ जेष्ठ २०७५, आइतबार   ७ : ००   बजे

मस्को, रूस, २७ जेठ।  रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले अमेरिकी राष्ट्रपतिसँग ‘रचनात्मक भेट’को अपेक्षा गरेको बताउनुभएको छ ।
पुटिनले भन्नुभयो, “ट्रम्प कुनै पनि व्यक्तिलाई कसरी सुन्नुपर्छ र उनीहरूका भनाइलाई कसरी वहसमा लानुपर्छ भन्ने गम्भीर सोच भएको व्यक्ति हो । यसले मलाई उहाँप्रति विश्वास गर्ने आधार बनाएको छ मलाई लाग्छ उहाँसँगको वार्ता रचनात्मक सिद्ध हुनेछ ।”
ट्रम्पले रूसी राष्ट्रपतिलाई भेट्नका लागि गत अप्रिलमा निमन्त्रणा पठाउनुभएको छ । उहाँहरूबीच यही वर्ष भेट हुने सम्भावना रहेको भएपनि कहिले भेट हुँने अझै अनिश्चित नै छ ।

रूसी उप विदेशमन्त्री सेर्गेइ ¥याकोभले यस पहिले दुई देशका उच्च नेताबीच हुने भेट मस्को र वासिङ्टनको सम्बन्ध सुधारका लागि महत्वपूर्ण हुने बताउनुभएको थियो । यो नेताहरूबीच प्रत्यक्ष हुने तेस्रो भेट हुनेछ ।

उहाँहरूबीच जी–२० शिखर सम्मेलनको सन्दर्भमा जर्मनीको ह्यामवर्गमा गत वर्षको जुलाईमा भेट्नु भएको थियो । दोस्रो पटक उहाँहरू एसिया प्रशान्त वित्तीय सहकार्य शिखर सम्मेलनका अवसरमा गत नोभेम्बरमा भियतनाममा भेट्नुभएको थियो ।
यस वर्षको मार्चमा दुई नेताले टेलिफोन वार्ता गर्नुभएको थियो भने उक्त अवसरमा ट्रम्पले पुटिनलाई वासिङ्टन डी सीको भ्रमण गर्न आमन्त्रण गर्नुभएको थियो । दुई देशबीचको सम्बन्धमा सन् २०१५ मा रूसले क्रिमियालाई लिएपछि, यूक्रेनी सङ्कटका कारण, अमेरिकी निर्वाचनमा भएको भनिएको हस्तक्षेप र सिरियाली गृहयुद्धका कारण समस्या आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितको उद्धार र राहतका लागि निर्माण व्यवसायी महासंघद्वारा सवारीसाधन उपलब्ध गराउन अपिल

विपद् प्रभावित क्षेत्रमा अनुमति बिना ड्रोन नउडाउन सरकारको आग्रह

सम्बन्धित

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu