ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरियाली प्रायद्वीपको आणविक निशस्त्रीकरणका लागि ट्रम्प किम सम्मेलन ‘कोशेढुङ्गा’ : राष्ट्रसंघ प्रमुख


एबीसी न्यूज
३० जेष्ठ २०७५, बुधबार   ६ : १६   बजे
Trump Kim Summit

संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका, २९ जेठ ।  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको शिखर सम्मेलनको स्वागत गर्नुभएको छ । उहाँले सम्मेलन कोरियाली प्रायद्वीपलाई आणविक रूपमा निशस्त्रीकरण गर्नका लागि कोशेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभयो ।

महासचिव गुथ्रेसले सम्बन्धित सबैलाई ‘महत्वपूर्ण मौका’को सदुपयोग गर्न आग्रह गर्दै उत्तर कोरियाली आणविक कार्यक्रमलाई नष्ट गर्ने बिषयमा सफलता हासिल गर्न संयुक्त राष्ट्रसंघको सहयोग रहने बताउनुभएको छ ।

महासचिव गुथ्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सिङ्गापुरमा भएको सम्मेलन विश्वको दीर्घ शान्ति र पूर्ण तथा प्रमाणित रूपमा कोरियाली प्रायद्वीपलाई आणविक रूपमा निशस्त्रीकरण गर्न अग्रगामी कदम अर्थात् कोशेढुङ्गा सावित हुनेछ ।”

मङ्गलबार भएको ट्रम्प–किम सम्मेलनमा दुवै देशका नेताले हस्ताक्षर गरी जारी गरिएको संयुक्त विज्ञप्तिमा प्योङ्याङले कोरियाली प्रायद्वीपलाई पूर्णरूपमा आणविक निशस्त्रीकरण गर्न प्रतिवद्धता जाहेर गरेको छ । यद्यपि वक्तब्यमा आणविक कार्यक्रमलाई नष्ट गर्ने प्रतिवद्धता जनाइए पनि ‘प्रमाणित’ भन्ने शब्दावली भने समावेश छैन ।
सम्मेलनपूर्व महासचिव गुथ्रेसले प्रमाणित रूपमा आणविक निशस्त्रीकरण हुनु सम्मेलनको निर्दिष्ट लक्ष्य हुनुपर्ने भन्दै यसमा अन्तर्राष्ट्रिय आणविक शक्ति निकाय (आइएइए)ले काम गर्ने बताउनुभएको थियो ।
उत्तर कोरियाले पत्रकारहरूको उपस्थितिमा आणविक परीक्षण केन्द्रको नष्ट गरिने बताउदै विदेशी सञ्चारमाध्यमलाई निमन्त्रणा पठाएपछि राष्ट्रसंघ प्रमुखले उक्त स्थानमा अन्तर्राष्ट्रिय विशेषज्ञलाई बोलाइनुपर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितको उद्धार र राहतका लागि निर्माण व्यवसायी महासंघद्वारा सवारीसाधन उपलब्ध गराउन अपिल

विपद् प्रभावित क्षेत्रमा अनुमति बिना ड्रोन नउडाउन सरकारको आग्रह

सम्बन्धित

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu