ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टर्कीको राष्ट्रपतिमा एर्दोआन विजयी


एबीसी न्यूज
११ असार २०७५, सोमबार   ११ : १५   बजे


एजेन्सी,११ असार । टर्कीका राष्ट्रपति रेजेप तैय्यप एर्दोआनले राष्ट्रपति चुनावको पहिलो राउन्डमा नै जीत हाँसिल गरेका छन् । देशमा चुनाव गराउने संस्थाका प्रमुखले यसबारे जानकारी दिएका हुन् ।

चुनावी नतिजापछि बोल्दै एर्दोआनले टर्कीले विश्वलाई नै लोकतन्त्रको पाठ सिकाएको बताएका छन् ।आधाभन्दा कम मत ल्याएको अवस्थामा पुनः अर्को चरणमा चुनाव हुने परिपाटी टर्कीमा छ । तर एर्दोगान पहिलो चरणमै आधाभन्दा बढी मत ल्याएर विजयी भएका छन् ।

राष्ट्रनिर्माता पछिकै शक्तिशाले बने  एर्दोआन 

टर्कीको नयाँ संविधानले राष्ट्रपतिलाई धेरै अधिकारसहित शक्तिशाली बनाएको छ । राष्ट्रनिर्माता आटाटर्कपछि सबैभन्दा शक्तिशाली नेता एर्दोगान बनेका छन् ।

यद्यपि, यसको औपचारिक घोषणा भने भएको छैन । शुक्रबार यसको परिणाम सार्वजनिक गर्ने तयारी त्यहाँको निर्वाचन आयोगले गरेको बीबीसीले जनाएको छ ।

टर्कीका प्रमुख निर्वाचन अधिकारी सादी गुभेनले बीबीसीसँग एर्दोगानले सुविधाजनक मतका साथ विजयी हासिल गरेको बताएका छन् । तर उनले विस्तृत मत परिणाम भने दिएका छैनन् ।

चुनाव निष्पक्ष नभएको विपक्षीको दावी

टर्कीको सञ्चारमाध्यमहरुले जनाएअनुसार नवनिर्वाचित राष्ट्रपति एर्दोगानले सदर ९९ प्रतिशत मतबाट ५३ प्रतिशत गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वीले मुहर्रेम इन्सले भने ३३ प्रतिशत मत बटुले ।

एर्दोआनका प्रमुख प्रतिस्पर्धी इञ्जाले चुनाव निष्पक्ष नभएको दावी गरेका छन् । तर, उनले सामाजिक सञ्जालमार्फत पराजय भने स्वीकार गरेका छन् ।

उनले प्रजातान्त्रिक लडाइँ जारी राख्ने बताएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विपद् प्रभावित क्षेत्रमा अनुमति बिना ड्रोन नउडाउन सरकारको आग्रह

रसुवाको भोटेकोसीमा पुनः ठूलो बाढी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

सम्बन्धित

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu