ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्जेन्टिनाविरुद्ध ४–३ को जित हात पार्दै फ्रान्स क्वार्टरफाइनलमा


एबीसी न्यूज
१७ असार २०७५, आइतबार   ६ : २९   बजे

काठमाडौँ, १७ असार । लियोनल मेस्सीको टोली अर्जेन्टिनालाई पराजित गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । केलिन एमबाप्पे चम्किएपछि पछि परेको स्थितिलाई उल्टाउँदै फ्रान्सले अर्जेन्टिनाविरुद्ध ४–३ को शानदार जित हासिल गरेको हो ।

फ्रान्सविरुद्ध मुख्य गरी अर्जेन्टिनाको रक्षापंक्ति निक्कै कमजोर देखियो । गाब्रियल मार्काडो, मार्कोस रोहो, निकोलास ओटामेण्डी फ्रान्सविरुद्धको कठिन परीक्षामा खरो उत्रन सकेनन् ।

बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सीले पनि  खेलमा प्रभाव जमाउन सकेनन् । सन् २००६ देखिका चारै विश्वकप खेलेका मेस्सीले नकआउट चरणमा गोल गर्न सकेका छैनन् । सम्भवतः अर्को विश्वकपसम्ममा उनी अर्जेन्टिनी टोलीमा हुने छैनन् । यद्यपि उनले आजका दुई गोलका लागि बल उपलब्ध गराएका थिए ।

रुसको काजान एरिनामा फ्रान्सले खेलको १३औं मिनेटमै अग्रता लिएको थियो । अर्जेन्टिनाका डिफेण्डर मार्कोस रोहोले फ्रान्सका केलिन एमबाप्पेलाई डिबक्सभित्र फल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । जसलाई एन्टोइन ग्रिजम्यानले गोलमा परिणत गरेका थिए ।

तर, ४१औं मिनेटमा फ्रान्सेली स्ट्राइकर एन्जेल डी मारियाले करिब ३० यार्ड टाढाबाट प्रहार गरेको शट आकर्षक गोलमा परिणत भएपछि अर्जेन्टिना खेलमा फर्कियो ।

पहिलो हाफमा एकएक गोलको बराबरी भए पनि दोस्रो हाफको सुरुमै अर्जेन्टिनाले अग्रता लियो । लियोनल मेस्सीको पासमा गाब्रियल मार्काडोले गोल गरेपछि २–१ को अग्रता बनाएको अर्जेन्टिनाले त्यसलाई जोगाउन सकेन र त्यसपछि लगातार गोल खान पुग्यो ।

५७औं मिनेटमा लुकास हर्नाण्डेजको पासमा बेञ्जामिन पाभार्डले बराबरी गोल फर्काए ।

त्यसपछि ६४औं र ६८औं विश्वकै महंगा किशोर खेलाडी केलिन एमबाप्पेले गोल गरे । त्यसयता इन्ज्यूरी समयमा लियोनल मेस्सीको पासमा सर्जियो अग्युइरोले गोल गरे पनि ढिला भइसकेको थियो ।

उरुग्वेद्धारा पोर्चुगल २–१ ले पराजित, रोनाल्डोको पनि विश्वकप यात्रा सकियो

रसियामा शनिबार राति भएको नकअाउट चरणको दोस्रो खेलमा दुई पटकको विश्व विजेताले साविकको युरोकप विजेता पोर्चुगललाई २-१ गोलले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

नकआउट चरणको दोस्रो खेलमा उरूग्वेले पोर्चुगल विरूद्ध खेलको पहिलो हाफमा गोल गर्दै अग्रता लिएको थियो। उरूग्वेका लागि ‍इडिसन काभानीले गोल गरेका थिए।

उनले खेलको ७ औं मिनेटमा हेडमार्फत पहिलो गोल गरे। लुइस स्वारेजको क्रसफिल्डबाट उपलब्ध बललाई पोर्चुगलको जाली चुमाएका थिए ।पहिलो हाफमा १-० ले पछि परेको पोर्चुगलका लागि दोस्रो हाफको ५५ औं मिनेटमा खेलमा फर्कियो। पोर्चुगलका लागि सो गोल पेपेले गरे।

सोचीस्थित फिष्ट ओलम्पिक रंगशालामा बराबरी गोल खाएको उरूग्वेले पोर्चुगलको बराबरीलाई धेरै बेर रहन दिएन। फेरि एकपटक गोल गर्दै काभानीले पोर्चुगललाई निराश पारे। खेलको ६२ मिनेटमा फेरि पोर्चुगलको पोस्टमा बल छिराए र अग्रतालाई २-१ पारे।

टोलीलाई २ गोलको योगदान दिदै क्वाटरफाइनलका लागि मार्ग प्रसश्त गरेका काभानी त्यसको केही समयपछि घाइते हुँदै मैदान छाड्न बाध्य भए।

९० मिनेट सकिएपछि थपिएको ४ मिनेटको अतिरिक्त समयमा रोड्रिगेजले वान भर्सेज वानको अवस्थामा गोल गर्ने सुन्दर मौका खेर फालेका थिए।

त्यस्तै खेलमा पोर्चुगलले अग्रता लिने केही मौकाहरू पाएको भए पनि उसले उरूग्वेको पोस्टमा गरेका प्रहारले सहि कोण लिन सकेनन् र ऊ गोल गर्न असफल भयो।

अघिल्लो चरणमा उरूग्वेको भिडन्त फ्रान्ससँग हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भदौ २५–२७ मा एमाले केन्द्रीय कमिटी बैठक बोलाउने ओलीको निर्देशन

किरण थापा मगरले पाए विश्वासको मत, राप्रपाका ७ सांसदले गरे फ्लोर क्रस

सम्बन्धित

दुई वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

एनसेल र नेपाल मेडिसिटीबीच सहकार्य, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्शदेखि २० प्रतिशतसम्म छुट

२७ वर्षदेखि बन्द वीरगन्ज चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

आकाशेपुल प्रयोग गर्न आग्रह गर्दा महिला प्रहरीमाथि हातपात, युवक पाँच दिन हिरासतमा

३१ वर्षदेखि एउटै अध्यक्ष, २१ वर्षदेखि अधिवेशन छैन; साधारणसभा गराइदिन ठेकेदार पुगे सीडीओकहाँ

बागमतीमा नयाँ सत्ता समीकरण: एमाले–नेकपा–राप्रपाबीच सातबुँदे समझदारी, ७ सदस्यीय संयन्त्र गठन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu