ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिकित्सा शिक्षा विधेयक प्रस्तुत हुन सकेन


एबीसी न्यूज
१७ असार २०७५, आइतबार   ३ : ५९   बजे
काठमाडौं,१७  असार   प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ प्रस्तुत हुन सकेन ।

सरकार र प्रमुख प्रतिपक्षी दलबीच विधेयकमा केही प्रावधानमा सहमति हुन नसक्दा आज पूर्वनिर्धारित कार्यतालिकामा रहे पनि विधेयक प्रस्तुत हुन नसकेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो ।

विधेयक संसद्मा प्रस्तुत गर्न यसअघि प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २५० उपनियमलाई बैठकले निलम्बन गर्ने कार्यसूची थियो । राष्ट्रिय चिकित्सा शिक्षा प्रतिस्थापन गर्न सरकारले सो विधेयक ल्याएको हो ।

संविधानअनुसार अध्यादेशलाई प्रतिस्थापन गर्न सदन प्रारम्भ भएको ६० दिनभित्र विधेयक पारित गरिसक्नुपर्ने छ । चालू अधिवेशनको प्रारम्भ अर्थात् गत वैशाख २३ गतेदेखि ६० दिन अर्थात् आगामी असार २० भित्र संघीय संसद्बाट सो विधेयक पारित गरी प्रमाणीकरण गरिसक्नुपर्ने छ ।

विधेयक सदनमा प्रस्तुत गर्न मात्र सो उपनियम निलम्बनको प्रस्ताव गर्न लागिएको हो । विधेयकमाथि संशोधनको सूचना दिन ७२ घण्टाको समयसीमालाई घटाई आज साँझ ५ बजेसम्म झार्न सो नियम निलम्बनको प्रस्ताव गरिएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का खगराज अधिकारीले अध्यादेशकै आधारमा टेकेर विधेयक आएको हो भन्दै प्रतिपक्षसँगको छलफलका आधारमा प्रक्रियाका विषयमा सहमतिका साथ सरकार अघि बढ्न तयार रहेको बताउनुभयो । बैठकपछि पत्रकारसँग उहाँले भन्नुभयो, “अध्यादेशलाई प्रतिस्थापन गर्दा त्यसका सबै विषय आउँछन् भन्ने छैन, सार्वभौम संसद्ले आफ्नो निर्णय गर्न पाउँछ, मूलभूत कुरा अध्यादेशअनुसारकै आएको छ ।”

उहाँले विद्यालय शिक्षासम्बन्धी सदनमा बेग्लै विधेयक आउने भएकाले चिकित्सा विधेयकलाई मात्र एकाङ्की रुपमा हेर्न नमिल्ने र चिकित्सा विधेयकमा प्रस्ताव गरिएका प्रावधानबारे बाहिर कतिपय बौद्धिक क्षेत्रमा रहेको बुझाइभन्दा सदनको बुझाइले चिकित्सा शिक्षालाई गुणस्तरयुक्त र व्यवस्थित बनाउन सक्ने जिकिर गर्नुभयो । प्रतिनिधिसभाको बैठक आज आधा घण्टाका लागि स्थगन भएकामा विधेयकमा सहमतिका लागि सोमबार बिहान ११ बजे बस्ने गरी सूचना टाँसी स्थगन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भदौ २५–२७ मा एमाले केन्द्रीय कमिटी बैठक बोलाउने ओलीको निर्देशन

किरण थापा मगरले पाए विश्वासको मत, राप्रपाका ७ सांसदले गरे फ्लोर क्रस

सम्बन्धित

दुई वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

एनसेल र नेपाल मेडिसिटीबीच सहकार्य, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्शदेखि २० प्रतिशतसम्म छुट

२७ वर्षदेखि बन्द वीरगन्ज चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

आकाशेपुल प्रयोग गर्न आग्रह गर्दा महिला प्रहरीमाथि हातपात, युवक पाँच दिन हिरासतमा

३१ वर्षदेखि एउटै अध्यक्ष, २१ वर्षदेखि अधिवेशन छैन; साधारणसभा गराइदिन ठेकेदार पुगे सीडीओकहाँ

बागमतीमा नयाँ सत्ता समीकरण: एमाले–नेकपा–राप्रपाबीच सातबुँदे समझदारी, ७ सदस्यीय संयन्त्र गठन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu