ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पकिस्तानका पूर्वप्रधानमन्त्री शरिफ आफू जेल सजायँ भोग्न तयार


एबीसी न्यूज
२३ असार २०७५, शनिबार   ५ : ३१   बजे

एजेन्सी , २३ असार । पकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफले आफू जेल सजायँ भोग्न तयार रहेको बताउनुभएको छ ।

पाकिस्तानी अदालतले शुक्रबार उहाँलाई दश वर्षको जेल सजायँको फैसला गरेकाले त्यो सवै सामना गर्न आफू तयार रहेको उहाँले बताउनुभएको हो ।

“देश र जनताको स्वतन्त्रताका लागि म जस्तो सुकै सङ्घर्ष गर्न तयार छु,” पूर्वप्रधानमन्त्री शरिफले लण्डनमा भन्नुभयो ।

आफ्नी श्रीमतीको उपचारका लागि लण्डनमा रहनुभएका शरिफ जेल सजायँ भोग्न चाडै स्वदेश फर्किने बताउनुभएको छ । तर कहिले स्वदेश फर्किने भन्ने बारेमा भने उहाँले स्पष्ट पार्नुभएको छैन ।

श्रीमतीको स्वास्थ्यमा सुधार भएपछि आफु स्वदेश फर्किने उहाँको भनाई छ । पूर्वप्रधानमन्त्री शरिफकी श्रीमती क्यान्सर रोगबाट पीडित हुनुहुन्छ ।

इस्लामावादको अदालतले शरिफलाई भ्रष्टाचार गरेको अभियोगमा दश वर्ष जेल सजायँ तोकेको हो ।

उहाँलाई दश वर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना पनि तोकिएको अदालतले जनाएको छ ।

यही जुलाई २५ मा हुनलागेको निर्वाचनको पूर्वसन्ध्यामा भएको यो फैसला अर्थपूर्ण भएको वकीलहरूले बताएका छन् ।

नेता शरिफ गत वर्ष सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री पदबाट अपदस्त हुनुभएको थियो ।

भ्रष्टाचारको अभियोग लागेपछि अनुसन्धान गर्नुपर्ने भएकाले उहाँ प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने आदेश अदालतले दिएपछि उहाँको बहिर्गमन भएको थियो । उहाँलाई आगामी दिनमा राजनीतिक गतिविधि गर्न पनि प्रतिवन्ध लगाइएको छ ।

उहाँमाथि लागेको आरोपको शरिफ र उहाँका समर्थकले अस्वीकार गर्दै आइरहेका छन् । उनीहरूले राजनीतिक प्रतिशोधका आधारमा शरिफमाथि गलत अभियोग लगाइएको दाबी गर्दै आएका छन् ।

अदालतले शरिफसँगै उहाँकी छोरी मार्याम नवाजलाई पनि भ्रष्टाचार गरेकै अभियोगमा सात वर्षको जेल सँजाय तोकेको छ ।

त्यसैगरी मार्यामका श्रीमान् मोहम्मद सफडारलाई समेत सोही मुद्दामा एक वर्ष जेल सजाय हुनुपर्ने फैसला गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीमा बहाव बढ्यो, तर ठूलो बाढीको जोखिम नरहेको पूर्वानुमान

त्रिशूली–३ ‘ए’ सुरुङ उद्धारमा आशा जाग्यो, उद्धार टोली क्राउनसम्म पुग्यो

सम्बन्धित

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu