ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परमाणु निःशस्त्रीकरणका लागि अमेरिकाले अनावश्यक दबाव दिएको आरोप


एबीसी न्यूज
२४ असार २०७५, आइतबार   ९ : ५१   बजे

काठमाडौं, २४ असार । उत्तर कोरियाले परमाणु निःशस्त्रीकरणका लागि अमेरिकाले अनावश्यक दबाव दिएको आरोप लगाएको छ । अमेरिका र उत्तर कोरियाबीच केही समयदेखि सम्बन्ध सुध्रिएको छ ।  तिक्त सम्बन्धमा रहेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरकोरियाका नेता किम जोङ उनबीच गत जुन १२ मा परमाणु निःशस्त्रीकरणलगायत ४ बुँदामा सहमति भएको थियो ।

ती सहमतिहरू परिपालनाका लागि दुई देशबीच केही समयदेखि संवाद जारी छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पियो वातावरण निर्माण गर्ने उद्देश्यका साथ यतिबेला उत्तर कोरियाको भ्रमणमा छन् । तर उत्तर कोरियाले अमेरिकी रवैयाप्रति असन्तुष्टि जनाएको छ ।

अमेरिकाले ट्रम्प–उनबीच भएका सहमति कार्यान्वयनको वातावरण बनिरहेको बताइरहेका बेला उत्तर कोरियाले भने आशंका व्यक्त गरेको छ । उत्तर कोरियाको सरकारी सञ्चार संस्था केसिएनले सरकारका प्रवक्तालार्इ उद्धृत गर्दै अमेरिकाको पछिल्लो कार्यशैलीले अवस्था थप बिग्रिएको जनाएको छ ।

उत्तर कोरियाले अमेरिकाको पछिल्लो रवैयालाई ट्रम्प–वार्ताको स्पिरिटविपरीत भएको आरोप लगाएको छ । ‘अमेरिका परमाणु निःशस्त्रीकरणका लागि एकोहोरो दबाव दिइरहेको छ, यसले समस्या सुल्झ्याउने भन्दा पनि बल्झाउने काम गरेको छ’, सरकारले जारी गरेको विज्ञप्ति उद्धृत गर्दै केसिएनले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीमा बहाव बढ्यो, तर ठूलो बाढीको जोखिम नरहेको पूर्वानुमान

त्रिशूली–३ ‘ए’ सुरुङ उद्धारमा आशा जाग्यो, उद्धार टोली क्राउनसम्म पुग्यो

सम्बन्धित

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu