ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनताबाट अस्वीकृत भएकाहरुको चुरीफुरी राम्रो हुँदैन – प्रधानमन्त्री ओली


एबीसी न्यूज
११ श्रावण २०७५, शुक्रबार   २ : १८   बजे

काठमाडौं,११ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताबाट अस्वीकृतहरुको भएकाहरुको चुरीफुरी राम्रो नहुने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदमा सांसदहरुलाई सरकारका काम कारबाहीका बारेमा डटेर कुरा राख्न निर्देशन दिनुभएको हो ।

‘संसदीय अभ्यासमा अभ्यस्त भइसकेका साथीहरुले अगुवाइ गर्ने नयाँ साथीहरुले त्यसलाई पछ्याउने गर्नुपर्‍यो’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘शीर्ष नेताहरुले सरकार, नीति तथ काकार्यक्रम र बजेटका पक्षमा खुलेर कुरा राख्नु पर्छ । जसले गर्दा संसद र जनतामा पनि राम्रो सन्देश प्रवाह हुन्छ ।’

संसदमा एक दुई जना उभिएका भरमा संसद अवरुद्ध हुन दिनु नुहुने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले असोज ३ गते सम्ममा कानुनहरु बनाइ सक्नुपर्ने भएकोले संसद अवरुद्धताले यो कार्यसूचीलाई असर गर्ने बताउनुभएको छ । ‘यी सबै काम समयमै सक्नका लागि हाम्रा सांसदहरुले सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई बल दिनु पर्दछ’, प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।

प्रधानमन्त्री ओलीले सरकारले मन्त्रालय विभाजन भन्नुको कुनै तुक नभएको बताउनुभएको छ । ‘संविधानले २५ वटासम्म मन्त्रालय र मन्त्री बनाउन अधिकार दिएको छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘त्यस कारण आवश्यकताअनुसार मन्त्रालय विभाजन गरिएको हो ।’

प्रधानमन्त्री ओलीले वर्तमान सरकारले सक्रियतापूर्वक काम गर्ने बताउनुभएको छ । ‘यस सरकारलाई असफल हुने छुट छैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यसलाई असफल हुन पनि दिइँदैन ।’ वर्तमान सरकार बनेपछि बेथिति र भ्रष्टाचार घट्दै गएको भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कतै भ्रष्टचार भएको थाहा पाउनुभयो भयो भने भन्नुहोस म अनुहार नहेरी कारबाही गर्छु ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको भीषण बाढीले रसुवा तहसनहस, दुई बजार र भन्सार क्षेत्र बगायो (भिडियो)

भोटेकोशीमा भीषण बाढी, तिब्बतमा हिमताल विस्फोटको आशंका (भिडियो)

सम्बन्धित

नवलपुरमा एक महिनामै १७३ जना सर्पदंशबाट प्रभावित

मधेसमा जापानीज इन्सेफ्लाइटिस बढ्दो, १९ संक्रमितमध्ये ६ जनाको मृत्यु

कृषि कर्जाको पहुँच विस्तार गर्नुपर्छ : मन्त्री चौधरी

बागमतीमा ‘डिजिटल हेल्थ’ सुरु, अस्पतालको सेवा विवरण अब रियल टाइममै हेर्न सकिने

बागलुङमा जथाभावी सडक खन्दा पहिरोको विपत्ति, दर्जनौँ घर जोखिममा

मलेसिया रोजगारीमा सिण्डिकेटको आरोपपछि तीन वैदेशिक रोजगार व्यवसायीले छाडे संघसंस्था

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu