ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मितव्ययी नीतिलाई पूर्णरुपमा कार्यान्वयन गरिन्छ – प्रधानमन्त्री


एबीसी न्यूज
११ श्रावण २०७५, शुक्रबार   ८ : ३२   बजे

काठमाडौँ, ११ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मितव्ययी नीतिलाई पूर्णरुपमा कार्यान्वयन गरिने र कोही कसैलाई पनि छुट नदिइने स्पष्ट पार्नुभएको छ ।

नेपाल नगरपालिका संघको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

मितव्ययी नीतिअनुसार मन्त्री र कर्मचारीलाई विदेश भ्रमणमा कडाई गरिएको प्रधानमन्त्री ओलीको भनाइ थियो । विदेश जाने, घुमेर आउने मात्र गर्नाले ठूलो धनराशि खर्च हुने गरेको तर त्यसबाट उपलब्धि शून्य हुने आफ्नो निष्कर्ष रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

“गत वर्ष मन्त्रालयगतरुपमा कति कर्मचारी विदेश गएका छन्, त्यसबापत कति रकम खर्च भएको छ, त्यसको पूर्ण विवरण मैले मगाएको छु”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “साउन २० गते सम्ममा यो विवरण प्राप्त हुन्छ । त्यसपछि विदेश भ्रमणको उपलब्धि र क्षतिबारे समीक्षा गरिन्छ ।”

प्रधानमन्त्री ओलीले स्थानीय तहका जनप्रतिनिधिलाई पनि विदेश भ्रमण र खर्चमा कडाइ गरेको बताउनुभयो ।

दाताको खर्चमा विदेशमा जाँदा आन्तरिक खर्च नभए पनि सेवाग्राहीलाई दिनुपर्ने समयको क्षति हुने प्रधानमन्त्रीको कथन थियो । महासंघको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई स्थानीय तहको समस्या समाधानमा ध्यानाकर्षण गराएको थियो ।

प्रतिनिधिमण्डलले कर्मचारी समायोजनमा तदारुकता देखाउनुपर्ने, विषयगत कार्यालयको हस्तान्तरण गर्नुपर्ने, एकीकृत सम्पत्ति करको निरन्तरता, जनप्रतिधिको सुरक्षाको प्रत्याभूतिलगायत १६ बँुदे ध्यानाकर्षणपत्र बुझाएको संघका संयोजक अशोक व्याञ्जुले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रीहरुसँग छलफल गरेर समस्या समाधान गर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group