ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसद्वारा बैठक बहिष्कार, प्रतिपक्षी बिनै संसद् बैठक सञ्चालन


एबीसी न्यूज
१७ श्रावण २०७५, बिहिबार   ६ : ०७   बजे

 

काठमाडौँ, १७ साउन । प्रमुख प्रतिपक्षी कांग्रेसका संसद्ले बहिष्कार गरे पनि बिहीबारको स‌ंसद् बैठक सञ्चालन गरिएको छ । बैठकमा गृहमन्त्री र परराष्ट्रमन्त्रीले बोलेपछि प्रश्नोत्तर गर्न नपाएको भन्दै प्रमुख प्रतिपक्षी दलका सांसद बाहिरिएका थिए ।

कांगेसले प्रतिनिधिसभा नियामावली २१९ अनुसार मन्त्रीसँग प्रश्नोत्तर गर्न पाउनुपर्छ भन्दै सभामुख कृष्णबाहदुर महरासमक्ष बारम्बार माग गरेका थिए। तर, सभामुख महराले आज विशेष समय र शून्य समयमा उठेका सवालका उत्तर मात्रै मन्त्रीले दिने भन्दै बैठक अगाडि बढाएका थिए।

‘नियमावालीको नियम १५ अनुसार मन्त्रीसँग प्रश्नोत्तर गर्न पाउने व्यवस्था छ‌ैन। कांग्रेस सांसदलाई बस्न आग्रह गर्दछु,’ धेरैपटक प्रमुख प्रतिपक्षी सांसदलाई बस्न आग्रह गर्दै सभामुखले भने, ‘अर्को बैठकमा बोल्ने समय दिन्छु आजको बैठक अघि बढ्छ।’

कांग्रेस सांसदले उभिएर विरोध गरिरहेका बेला सभामुखले संसद्को‌ विषयगत समितिका सदस्यहरुको नाम प्रस्तावको लागि वाचन गरिरहे। यतिबेलासम्म पनि कांग्रेसका सांसदले उभिएर विरोध गरिरहे।

सभामुख महराले नाम पढेर सकाए र समितिका सदस्यहरुको नाम मनोनयनको लागि प्रस्ताव गरे। त्यतिखेर भने उभिएर मन्त्रीसँग प्रश्नोत्तर गर्न पाउनुपर्ने माग गरिरहेका कांग्रेस सांसदहरु बैठक बहिस्कार गरेर बाहिरिए।

त्यसपछि सभामुखले अर्थमन्त्री युवराज खतिवडालाई बिमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिए। कांग्रेस बैठकबाट बाहिरए पनि बैठकमा रहेका सत्तापक्ष र प्रतिपक्षी राजपा र अन्य स्वतन्त्र सांसदले बिमा विधेयकको लागि सैद्धान्तिक छलफल गर्न अनुमति दिए।

अर्थमन्त्री खतिवडाले बिमा विधेयकमाथि छलफलको लागि प्रस्ताव गरे। तर, छलफलमा कुनै सांसदले भाग लिएनन्।
सभामुख महराले बैठक भोलि १ बजे बस्ने गरी बैठक सकिएको घोषणा गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवाबाट उद्धार गरिएका तीन गम्भीर घाइतेको ट्रमा सेन्टरमा उपचार

भोटेकोसी बाढीपछि उद्धारमा हेलिकोप्टर र ड्रोन परिचालन गर्न आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवाबाट उद्धार गरिएका तीन गम्भीर घाइतेको ट्रमा सेन्टरमा उपचार

भोटेकोसी बाढीपछि उद्धारमा हेलिकोप्टर र ड्रोन परिचालन गर्न आग्रह

भोटेकोसी बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा

रसुवा बाढीका १४ घाइते काठमाडौं ल्याइए, एकको अवस्था गम्भीर

रसुवा बाढीमा घाइते सात जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

सेनाले उद्धार गरेका १० गम्भीर घाइतेको शिक्षण अस्पतालमा उपचार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu