ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल र नेदरल्यान्ड्सबीचको दोस्रो एकदिवसिय खेल आज आम्सटर्डमको भिआरए मैदानमा


एबीसी न्यूज
१८ श्रावण २०७५, शुक्रबार   ९ : ११   बजे


काठमाडौं, १८ साउन । नेपालले आज नेदरल्यान्ड्ससँग दोस्रो एकदिवसीय क्रिकेट खेल खेल्दैछ। आम्सटर्डमको भिआरए मैदानमा हुने खेल नेपाली समयानुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ।
दुई खेलको शृंखलामा १–० ले पछि परेको नेपालले आज बराबरीका लागि पनि जित्नैपर्ने दबाव छ। बुधबार भएको पहिलो एकदिवसीय खेलमा नेपाललाई नेदरल्यान्ड्सले ५५ रनले पराजित गरेको थियो।

पहिलो खेलमा कुनै समय नेपाल नेदरल्यान्ड्समाथि हाबी थियो। पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सलाई नेपालले १ सय ८९ रनमै अलआउट गरेको थियो। सामान्य लक्ष्य पछ्याएको नेपालले ८५ रन बनाउदा १ विकेट मात्र गुमाएको थियो। तर त्यसपछि आफ्नो लय गुमाउँदा नेपालले बाँकी ४९ रन जोड्दा सबै खेलाडीलाई गुमाउनुपरेको थियो।

पहिलो खेलमा नेदरल्यान्ड्स सामु बलिङमा राम्रो प्रदर्शन गरेको नेपालको ब्याटिङमा भने पुरानै समस्या दोहोरिएको थियो। उता नेदरल्यान्ड्सले पनि ब्याटिङमा भन्दा बलिङमा सुधारिएको प्रदर्शन गरेकोले दोस्रो खेलमा दुवै टोली ब्याटिङ सुधार्ने रणनीतिमा हुनेछन्। खास गरी नेपालको मध्यपंक्तिले सुधार गर्नुपर्ने देखिएको छ।

घाइते भएका मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकरले दोस्रो खेल गुमाउँदैछन्। उनको स्थानमा रोहितकुमार पौडेलले खेल्ने छन्।
नेपालले शुक्रबार हुने दोस्रो खेलमा जित निकाल्ने लक्ष्य बनाएको छ। कप्तान पारस खड्का दोस्रो खेलबारे भन्छन्, ‘ब्याटिङमा सम्हालिएको भए पहिलो खेल सजिलै जित्न सक्थ्यौं। तर त्यस्तो हुन सकेन। दोस्रो खेलमा राम्रो ब्याटिङ गर्नेमा आशावादी छु,नतिजा राम्रै आउछ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीले त्रिशूलीका १९ पुलमा क्षति, ४० किलोमिटर सडक प्रभावित

तिब्बतको हिमताल फुटेपछि बाढी आएको प्रारम्भिक अनुमान, दोस्रो लहरको जोखिम

सम्बन्धित

भोटेकोसी बाढीमा १४ जनाको शव फेला, १९ घाइतेको उद्धार

रसुवामा क्षतिको यकिन विवरण आउन कठिन, नारायणी तटीय क्षेत्रमा पनि सतर्कता

राजदूत नियुक्ति प्रक्रियामा सरकारको अपरिपक्वता

रसुवाको भोटेकोशी बाढीको सम्भावित कारण हिमपहिरो

प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित

रसुवाको बाढीले ४३१ मेगावाटभन्दा बढीका ऊर्जा आयोजना प्रभावित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu