ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बर्दिया राष्ट्रिय निकुञ्जमा थप चार ओटा प्रवेशद्वार खोलीए (भिडियोसहित )


एबीसी न्यूज
८ कार्तिक २०७५, बिहिबार   ११ : २८   बजे

बर्दिया, ८ कात्तिक । पर्यटकीय दृष्टिले महत्वपुर्ण मानिएकोे बर्दिया राष्ट्रिय निकुञ्जमा थप चार ओटा प्रवेशद्वार खोलीएको छ । थप प्रवेशद्वारको माग भएको लामो समय पछि निकुञ्जमा प्रवेशद्धार खोलिएको हो । प्रवेशद्वार खुलेस“गै यस क्षेत्रको आर्थिक विकासमा पर्यटनले महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।

बर्दिया राष्ट्रिय निकुञ्जले बञ्जरिया रेञ्जपोष्ट, अम्रेनी पोष्ट, रम्भापुर सेक्टर र चेपांग रेन्जपोष्टबाट नया“ प्रवेशद्वार खोल्ने निर्णय गरेको छ । जिल्लाका बिभिन्न स्थानीय तह तथा पर्यटन व्यवसायीहरुबाट प्रवेशद्धार खोल्ने माग बढेपछि ४ नया“ प्रवेशद्धार खोल्ने निर्णय गरिएको हो । निर्णय बमोजिम बर्दिया राष्टिय निकुञ्ज र बारबर्दिया नगरपालिकाले रम्भापुर सेक्टर प्रवेशद्धारको उद्घाटन गरेको छ । बारबर्दिया नगरपालिकाका मेयर दुर्गा बहादुर थारुले प्रवेशद्धारको उद्घाटन गरे । असोजको दोस्रो सातादेखि नया“ प्रवेशद्धारबाट पर्यटक भित्रयाउने काम गर्न स्थानीय निकायसंग समन्वय गरी कर्मचारी व्यवस्थापन, टिकट काउन्टरको निर्माण र गेट निर्माण कार्य सुरु गर्ने निकुञ्जले जनाएको छ ।

थप चार प्रवेशद्धार खुलेपछि निकुञ्जमा आन्तरीक तथा बाह्य पर्यटकको संख्या बढ्न सक्ने अनुमान गरीएको छ । हालसम्म निकुञ्जमा २० हजार पर्यटक आउनेमा अब निकुञ्जमा दोब्बर पर्यटक आउने निकुञ्जको अनुमान छ । नया“ प्रवेशद्वारले पर्यटकको संख्या दोब्बर हुनुका साथै मध्यवर्ती क्षेत्रमा होटल खोलिदा थप रोजगारी सृजना हुने अनुमान गरिएको छ । प्रवेशद्धार खोलीएको स्थानमा होटल रिसोर्टहरु खुल्ने भएकाले युवाहरुले रोजगार पाउनेमा स्थानीयवासीहरु आशावादी रहेका छन् ।

नेपालमा बाघ पाईने दोश्रो ठूलो निकुञ्जको रुपमा प्रख्यात बर्दिया निकुञ्ज भित्र विश्वमै र्दुलभ मानिने पाटेबाघ हेर्नका लागि स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गरेको निकुञ्जको भनाई छ । थप चार स्थानमा प्रवेशद्धार खुलेस“गै निकुञ्जलाई सुरक्षा र व्यवस्थापन चुनौती थपिएको छ । सबै प्रकारका पर्यटकहरु सकरात्मक सोेचका राथ नआउने हुदा सुरक्षा र व्यवस्थापनमा थप ध्यान दिन जरुरी रहेको चोरीशिकारी नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त आचार्यको भनाइ छ ।

निकुञ्जमा चारैतिरबाट पर्यटकहरु प्रवेश गर्न थालेपछि पर्यटकको आगमनले चोरीशिकारी गर्नेहरुको उपस्थिती घट्ने देखिन्छ । निकुञ्जको जैविकविविधतामा असर नपर्ने गरी पर्यटकको व्यवस्थापन गर्न निकुन्जले सक्नु पर्दछ । यस्ता विषयमा सम्बन्धित निकायको ध्यान जानु जरुरी देख्न्छि ।

यो बर्दिय राष्ट्रिय निकुञ्ज नेपालको मध्य तथा सुदूर पश्चिममा रहेको छ । सन् १९६८मा शाही शिकार आरक्षको रूपमा स्थापना गरिएपनि सन् १९६७ मा करिब ३६८ वर्ग किलोमिटर क्षेत्रफलको उक्त आरक्षणलाई शाही कर्णाली वन्यजन्तु आरक्षको रूपमा घोषणा गरिएको थियो पछि सन् १९८२ मा यसलाई शाही बर्दिया वन्यजन्तु आरक्ष नामाकरण गरियो र सन् १९८४ मा पुनः बबई नदी आसपासको क्षेत्रलाई समेटियो ।

सन् १९८८मा आएर बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा यस क्षेत्रलाई घोषणा गरिएको थियो । पूर्णरूपमा तराइ क्षेत्रमा रहेको यस राष्ट्रिय निकुञ्ज स्थापनाको प्रमुख उद्देश्य बाघ तथा गैंडा, घडियाल गोही, डल्फिन जस्ता अत्यन्तै लोपोन्मुख वन्यजन्तुहरू संरक्षित गनुनै हो त्यसैले यिनै जिव जन्तुको संरक्षण गर्न सके पर्यटकको संख्यामा बृद्धि हुनुका साथै यस क्षेत्रका बासिन्दाको जीवन स्तर आर्थिकरुपमै माथि उठने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

बालेनलाई किन संसद् मन पर्दैन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group