ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोतीपुर औद्योगिक क्षेत्र परियोजना : २०६० सालमा प्रस्ताव, २०७५ सालमा कार्यालय स्थापना


admin
९ कार्तिक २०७५, शुक्रबार   १ : २८   बजे

बुटवल । २०६० सालमा बुटवल उद्योग बाणिज्य संघले मोतीपुर औद्योगिक करिडोरको प्रस्ताव गरेको थियो । प्रस्ताब गरेको १६ वर्षपछि मोतिपुर औद्योगिक क्षेत्र परियोजनाको कार्यालय स्थापना भएको छ ।

बुटवलको तिलोत्तमा नगरपालिकाको आनन्दबन क्षेत्रको १ सय १३ बिगाहाबाट सुरुभएको परियोजना कार्यालय उदघाटन हुंदा सम्म ८ सय १३ बिगाहा सम्म पुगेको छ । सरकारले औद्योगिक करिडोरको लागि आनन्द बन क्षेत्रबाट ३ सय ३० बिगाहा,मोतिपुर क्षेत्रबाट ३ सय ६७ बिगाहा र टिकुलीगढ अमुवा क्षेत्रबाट १ सय १६ बिगाहा जमिन औद्योगिक क्षेत्रका लागि श्रेष्ता कायम गरि सकेको छ । औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडलाई कार्यालय उदघाटन गर्न १६ वर्ष लागेको छ । औद्योगिक क्षेत्र बिकास लिमिटेडका अध्यक्ष तथा प्रबन्धनिर्देशक नन्दकिशोर बस्नेतले परियोजनाको कार्यालय उड्घाटन गर्दा मोतिपुर क्षेत्रका स्थानीयबासीले स्थानीयको समस्या संबोधन नगरे ओद्योगिक क्षेत्र संचालन गर्न नदिने बताएका छन् ।

औद्योगिक करिडोरको थालनीकै बेला बस्तीलाई ब्यवस्थापन गर्दै करिडोर संचालन गर्ने सहमति भएको थियो । तर सहमति अनुसारको डिपिआर तयार नभएको स्थानीयकोे गुनासो छ ।

स्थानीय बासिन्दालाई ब्यवस्थीत रुपमा व्यवस्थापन गरेर मात्र करिडोरको काम अगाडी बढाउने बिषयमा सहमति भएको र डिपिआरले धेरै जसो मुद्दाहरुको सम्बोधन गरेको करिडोर पहल समितिका संयोजक नवराज श्रेष्ठको भनाइ छ ।

करिडोर क्षेत्रमा साविक मोतिपुर गाविसका वडा नं १, ५, ६ र ८ मा पर्ने रानीगंज, हरिहरपुर, धन्दापुर, शिवनगर, नयांवस्ती र जनसंघर्ष टोलका स्थानिय बासिन्दा बस्दै आएका छन् । करिब दुई हजार घरपरिवार तथा स्थानीय जनशक्ति प्रावि र मोतिपुर उच्च मावि, स्थानीय ८ वटा वन,मन्दिर आदिले बर्षौदेखि त्यस क्षेत्रको जग्गा भोगचलन गर्दै आएका छन् । औद्योगिक क्षेत्र बिकास ब्यवस्थापन लिमिटेडले सम्पूर्ण सुकुम्बासी तथा स्थानीयको समस्या डिपिआरमा संबोधन गरिएको दाबी गर्दै आएको छ । गत वर्ष पुरा भएको डिपिआर बमोजिम ८ अर्बको लगानीमा ५ वर्ष भित्र औद्योगिक क्षेत्र संचालनमा ल्याउने लिमिटेडको योजना रहेको छ ।

डिपिआर तयार गर्दा कित्ता नम्बर ४७ र ४८ लाई छाडिएको लिमिटेडको भनाई छ । तर २ वटा कित्ता भन्दा बाहिर सयौं स्थानीबासीहरु बसोबास गर्दै आएकाछन् । २ वटा कित्ताले नभेटेका स्थानीयलाई समेत ब्यवस्थित गरिने बस्नेतको भनाइ छ ।

डिपिआर तयार हुंदा सम्म र कार्यालय स्थापना हुंदा सम्म ४ सय ५० उद्योगिहरुको मनसाय पत्र दर्ताहुन आएकोमा ६ वटा चिनिया“ साझेदारी रहेका उद्योगहरु रहेका छन् ।
डिपिआर तयार गर्न र परियोजनको कार्यालय खुल्न समेत १६ वर्ष कुर्नुपर्ने नेपालीले उद्योग संचालन भएको हेर्न कति वर्ष कुर्नुपर्ला त्यो भने भबिश्यले नै बताउला । तर मुलुकमा उद्योग स्थापनाका लागि भएको पहलले छिटो सार्थकता पाउन सकेमात्र सरकारको समृद्ध नेपाल सुखि नेपालीको नारा पुरा हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित नेपाललाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहयोग

विपद्मा नेपालसँगै छ दक्षिण कोरिया, खोज–उद्धार र राहतबारे परराष्ट्रमन्त्रीबीच छलफल

सम्बन्धित

भोटेकोसी–त्रिशूली बाढी: ल्हेन्दे खोलामाथि बनेको नयाँ ताल कति जोखिमपूर्ण ?

भरतपुरमा आफन्तको खोजी : एम्बुलेन्सको साइरनसँगै आशा र त्रास

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu