ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनले १५ करोड युआन बराबरको सैन्य सामाग्री आफ्नै खर्चमा नेपाल ल्याइदिने


एबीसी न्यूज
११ कार्तिक २०७५, आइतबार   १ : ५०   बजे


काठमाडौं, ११ कात्तिक, । चीनले नेपाललाई दुई अर्ब ५३ करोड (१५ करोड युआन) बराबरको सैन्य सहयोग गर्ने भएको छ । सहयोग सम्बन्धी सम्झौता पत्रमा चीन भ्रमणमा रहेका उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल र चीनका रक्षा मन्त्री वेइ फेङ्घेबीच शनिबार हस्ताक्षर भएको हो ।

सम्झौतामा चीनको रक्षा मन्त्रालयले नेपालको रक्षा मन्त्रालयमार्फत मानवीय विपत् तथा राहतको क्रममा प्रयोग हुने उपकरणहरू प्रदान गर्ने उल्लेख छ ।
दुबै पक्षले सहयोग सामग्री कस्तो र कति परिमाणमा लिने वा दिने र सामानको डेलिभरी कहाँ गर्ने भन्ने विषयमा भने छलफल हुन बाँकी छ ।
पाँच वर्ष अवधि रहेको सम्झौता अनुसार उपकरण नेपालसम्म चीनले आफ्नै खर्चमा ल्याइदिने भएको छ । स्वदेश आइसकेपछिको खर्च भने नेपाल स्वयमले व्यवहोर्नुपर्नेछ ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री पोखरेलले चीनका केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष सु छियालिङ्ग र रक्षा मन्त्री वेइ फेङ्घेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित नेपाललाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहयोग

विपद्मा नेपालसँगै छ दक्षिण कोरिया, खोज–उद्धार र राहतबारे परराष्ट्रमन्त्रीबीच छलफल

सम्बन्धित

भोटेकोसी–त्रिशूली बाढी: ल्हेन्दे खोलामाथि बनेको नयाँ ताल कति जोखिमपूर्ण ?

भरतपुरमा आफन्तको खोजी : एम्बुलेन्सको साइरनसँगै आशा र त्रास

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu