ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०१९ मा इंग्ल्याण्ड र वेल्समा हुने एक दिवसीय विश्वकप क्रिकेटको विजेता टिमलाई प्रदान ट्रफी किन आयो नेपाल ?


एबीसी न्यूज
१३ कार्तिक २०७५, मंगलबार   ८ : २५   बजे


काठमाडौँ, १३ कात्तिक ।  नेपालमा प्रदर्शनीका लागि ल्याइएकोे आइसीसी विश्वकप ट्रफीलाई सोमबार बसन्तपुरमा प्रदर्शन गरिएको छ । २०१९ मा इंग्ल्याण्ड र वेल्समा हुने एक दिवसीय विश्वकप क्रिकेटको विजेता टिमलाई सो ट्रफी प्रदान गरिन्छ । नेपालले ओडिआई मान्यता प्राप्त गरेस“गै पहिलो पटक नेपालमा विश्वकप क्रिकेटको ट्रफी प्रदर्शनीको लागि ल्याइएको हो ।

विश्वकप क्रिकेटको ट्रफी पहिलो पटक नेपालमा प्रदर्शन गरिएको छ । ट्रफी बंगलादेशबाट दुबइ हुदै नेपाल ल्याइएको थियो । विश्वका २१ देशका ६० स्थानमा प्रदर्शन गरिने सो ट्रफी शुक्रबार नेपाल ल्याइएको थियो । पहिलो पटक नेपाल ल्याइएको विश्वकपको ट्रफीलाई स्वयम्वु हु“दै पोखरा लगिएको थियो । पोखरामा प्रदर्शन पश्चात चन्द्रगिरीमा समेत प्रदर्शन गरिएको थियो । त्यस्तै, आइतबार ट्रफीलाई राष्ट्रपती विद्यादेवी भण्डारी सामु प्रस्त्ुत गरिएको थियो । सोमबार बसन्तपुरमा गरिएको ट्रफी प्रदर्शनीमा विश्वकपको ट्रफी हेर्न आउने क्रिकेट समर्थकहरुको भीड लागेको थियो ।

खेलकुद मनोरञ्जनको श्रोत मात्र नभइ देशहरु बीच र देश भित्र पनि समन्वय र सदभाव बढाउने माध्यम हो । त्यसमा पनि क्रिकेटको भुमिका विश्व राजनीतिकको सन्दर्भमा सम्वन्ध चिसिएका मुलुकहरु पनि क्रिकेटकै माध्यमबाट एउटै मैदानमा उत्रिएर समझदारीको मार्ग प्रशस्त गरेको देख्न सकिन्छ । नेपालको सन्दर्भमा त अझ क्रिकेटको क्रेज त्यसै पनि धेरै रहेको छ । यसरी विश्वकपको ट्रफी प्रदर्शनीका क्रममा देशको खेलकुदको अन्तराष्ट्रिय स्तरमा ब्रान्डिङ् गर्न समेत महत्वपुर्ण कदम हुने बताउ“छिन् आइसीसीको नेपाल प्रतिनिधि भावना घिमिरे ।

नेपाल क्रिकेट संघ क्यानको पूर्व सीईओ समेत रहेकी घिमिरे पहिलो पटक विश्वकप ट्रफी नेपाल घुमाउदै गर्दा सकारात्मक प्रतिक्रिया पाएको बताउछिन । ट्रफी प्रदर्शनी नेपालको पर्यटन विकासका लागि समेत सकारात्मक बन्ने घिमिरेको ठहर छ ।
विश्वकपको ट्रफी हेर्नकै लागि पनि जम्मा हुने ठूलो भीडले नेपालमा क्रिकेट प्रतिको क्रेजलाई प्रतिनिधित्व गर्छ । जवकी नेपालको क्रिकेटको विकासका लागि अभिभावक निकाय क्यान अहिले निलम्वनमा छ । अतः क्रिकेट विकाशका लागि सरोकारवाला पक्ष गम्भीर हुन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group