ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा जुवाको खालबाट ३ लाख नगद सहित १६ जुवाडे समातिए ( नामसहित )


एबीसी न्यूज
१९ कार्तिक २०७५, सोमबार   ५ : २४   बजे
चितवन , १९ कार्तिक । चितवन प्रहरीले ३ लाख रुपैयाँ सहित १६ जना जुवाडेलाइ आइतबार राती पक्रेको छ । पुर्वी चितवनको रत्ननगर नगरपालिका ९ स्थित सिसै गाउँमा जुवा खेल भइरहेको भन्ने विशेष सुराकीको आधारमा जुवा खेल्दै गरेकाे अवस्थामा उनिहरूलाइ जिल्ला पहरी कार्यालय चितवनले  पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडी बाट  गएकाे प्रहरीको टोलीले १६ जना जुवाडे सहित झन्डै ३ लाख रुपैयाँ समेत बरामद गरेको छ ।
जुवाको खालबाट चेक काटी तयार पारी राखिएको अवस्थामा १ लाख रुपैयाँको चेक समेत प्रहरीले वरामद गरेको छ । रत्ननगर नगरपालिका ९ स्थित शुकराम दराईको घर भित्र च्यानलगेट लगाएर जुवा खेल्दै गरेको अवस्थामा नेपाल विद्युत प्राधिकरणबाट लगिएको भर्याङबाट चढी उनीहरुलाई पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख सुशील सिंह राठौरले जानकारी दिएका छन् ।
प्रहरीले यो सहित विभिन्न पाँच स्थानबाट जुवा खेल्ने र खेलाउने दुबैलाई पक्राउ गरी जुवा ऐन २०६३ अन्तर्गत मुद्दा दर्ता गरि कार्वाही प्रक्रियालाई अगाडि समेत बढाइएको चितवनका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक शुसिलसिंह राठौरले जानकारी दिए ।
चाडवार्डमा हुन सक्ने जुवातास नियन्त्रणका लागि चितवन प्रहरीले विशेष टोली नै गठन गरेको छ । जुवा खेल भएको थाहा पाए वा देखे तत्काल चितवन प्रहरीको टेलिफोन नम्बर १०० नम्बर  वा कार्यालय प्रमुखको ९८५५०१५५५५ मा सूचना दिन  अनुरोध समेत गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group