ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यस्ताे बन्याे कलंकी–कोटेश्वर ८ लेनको सडक ( भिडियाेसहित )


एबीसी न्यूज
२१ कार्तिक २०७५, बुधबार   १२ : १०   बजे

काठमाडौँ, २१ कातिक । साँघुरा सडकबाट सास्ती खेपिरहेको उपत्यकाबासीको अन्तर्राष्ट्रिय मापदण्डको कंलकी कोटेश्वर सडकमा यातायातका साधन गुडन थालिसकेका छन । लामो समय कंलकी कोटेश्वरको सडकमा धुलो धुवाँको सास्ती खेपिरहेका सवारी चालकले बिकशित देशका सडकमा जस्तै सवारी गुडाउन थालका हुन । चीन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा कलंकी–कोटेश्वर चक्रपथ सडकखण्ड अन्तिम चरणमा छ । अगामी मंसिर २९ गते नेपाल सरकारलाई हस्तारण गर्ने तयारी चिनिया“ निर्माण कम्पनी संघाई कन्सट्रक्सन गु्रपले काम गरिहरेको छ ।

यो सडक हो चक्रपथ परिक्रमा अन्तर्गत कलंकी–कोटेश्वर ८ लेनको सडक । १० दशमलव ४ किलोमिटर लामो सडक निर्माणको काम चिनिया“ सरकारको सहयोगमा चिनिया“ निर्माण कम्पनी सघाई कन्सट्रक्सन गु्रपले गरेको हो । चिनिया“ युआन २१ करोड २० लाख अर्थात् नेपाली करीब पा“च अर्ब अनुदान सहयोगमा चक्रपथको पहिलोखण्ड बनाइएको हो । सडक विस्तारमा नेपाल सरकारले करिब ५० करोड रुपैया“ लगानी रहेको छ । उक्त रकम विद्युत प्राधिकरण, नेपाल टेलिकम, खानेपानी र ढल निकासका संरचना हटाउन खर्च गरिएको हो । चिनिया“ आर्थिक एवं प्राविधिक सहयोगमा कलंकी–कोटेश्वर चक्रपथ सडकखण्डको ५० मिटरको सा“घुरो सडकलाई ८ लेनको फराकिलो बनाइएको हो ।

चिनिया“ निर्माण कम्पनीसंग समन्वयको तोकिएकै समय अर्थात् मंसिर २९ गते सरकारलाई हस्तान्तरण गर्ने गरी काम भइहरेको छ । सडक निर्माणको काम ९५ प्रतिशत सकिएको काठमाडौ चक्रपथ सुधार योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताए । बाइट…
२०७० असारदेखि २०७३ पुस महिनासम्ममा सडक विस्तार गर्ने गरि उक्त सडकखण्ड विस्तारको काम सुरु गरिएको थियो ।

२०७२ सालको भूकम्प र नाकाबन्दी, मुआब्जा लगायतको कारण कम्पनीले लक्ष्य अनुसारको काम हुन सकेको थिए । त्यसपछि थप गरिएको समय यही मंसिरको २९ गतेको समय सिमा तोकिएको थियो । आठ लेन सडकमध्ये चार लेन मुख्य सडक र चार लेन अण्डर पास छ । निर्माणमा पूरै प्राविधिक जनशक्ति चिनिया“ नै छ । अदक्ष कामदारमा नेपाली र चिनिया“ दुवै छन् । अर्यालका अनुसार अहिले रोडमार्किङ, जेव्रा क्रसिङ, स्टेट लाइट, साइन बोर्ड राख्ने फुटपाथ निर्माण गर्ने लगायतका काम भइरहेकोले तोकिएको समममै सरकारलाई हस्तातरण गर्ने गरी चिनिया“ कम्पनीले काम गरहेको छ ।

नेपालकै नमुना सडकको रुपमा रहेको कंलकी कोटेश्वर सडक अन्तिम चरण रहेको छ । १५ किलो मिटर प्रतिघण्टाको गतिलाई आधार बनाएर बनाइएको कंलकी–कोटेश्वर सडकमा चीन सरकारको ५ अर्ब रुपैया अनुदान सहयोगमा बन्न लागेको हो ।
नेपालको नमुना सडकको रुपमा रहको कंलकी–कोटेश्वर सडक बिदेशी सहयोगमा तोकिएकै समयमा बन्ने तर नेपाल सरकारले निर्माण गर्ने सडकहरु दशकै बित्दा पनि बन्न सकिरहेका छैनन् । तोकिएको समय र गुणस्तिरिय सडक निमार्णको लागि नेपालीले कहिलेसम्म बिदेशी निमार्ण कम्पनीको मुख ताक्ने ?

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group