ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्राफिक प्रहरीको नो हर्न जोन निर्णय कार्यान्वयनमा चुनौती


एबीसी न्यूज
२ मंसिर २०७५, आइतबार   ७ : १३   बजे


बुटवल, २ मंसिर ।  सहरलाई ध्वनि प्रदूषणमुक्त बनाउन नो हर्न जोन घोषणा गर्ने लहरजस्तै छ । तर, प्राय क्षेत्रमा पूर्वाधारविना घोषणा गरिदाँ कार्यान्वयमा समस्या भएको छ । फलतः घोषणा, घोषणा मात्र सीमित भएका छन् । प्रदेश नम्बर ५ का मुख्य सहरलाई आज घोषणा गरिएको नो हर्न जोन’ निर्णय पनि कार्यान्वयनमा आशंका पैदा भएको छ ।

ट्राफिक प्रहरीले मंसिर १ गतेदेखि लागु हुने गरी प्रदेश नम्बर ५ का प्रमुख शहरहरुमा हर्न निषेध गर्ने घोषणा गरेको छ । सडकको स्तर उन्नति नहुँदै र आकासे पुलहरु निर्माणाधीन अवस्थामा रहेका बेला हर्न निषेध गरेपछि ट्राफिक प्रहरीको निर्णय कार्यान्वयनमा चुनौती देखिएको छ । त्यसो त ट्राफिक प्रहरीले प्रदेश अस्थायी राजधानी बुटवललगायतका शहरमा तामझामका साथ हर्न निषेधको प्रचार गर्न ¥यालीसहित अभियान थालेको छ । तर सडकभरि रिक्सा, खाल्डाखुल्डी मात्र नभई जेब्रा क्रसिङ समेत सबै मेटिएका छन् । यस्तो अवस्थामा हर्न नबजाई गाडी चलाउन सम्भव नभएको चालकहरुको भनाइ छ ।

बुटवलमा तिनाउ पुलदेखि बेसक्याम्पसम्म र चिडीया खोलादेखि योगीकुटीसम्मको राजमार्गलाई हर्न निषेध क्षेत्र घोषणा गरिएको छ । तर, हर्न निषेधको प्रचार गर्न सहभागी सवारी चालकहरुले भने ¥यालीमै हर्न बजाइरहेका थिए ।
चालकले हर्न निषेध नीति कार्यान्वयनमा समस्या आउने अनुमान गरे पनि यातायात ब्यवसायीहरुले भने ट्राफिक प्रहरीको कदमलाई सराहनीय भनी टिप्पणी गरेका छन् । उनीहरुले समस्याका बाबजुद पनि निर्णय कार्यान्वयनमा सहयोग रगर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।

ध्वनी प्रदूषणले वातावरण दुषित बनाएकाले हर्न निषेधको कार्यक्रम ल्याइएको प्रदेश नम्बर ५ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । प्रहरीको निर्णयमा सबै संघ संस्था, यातायात मजदुरसहित राजनीतिक दलहरुको सहयोग रहने प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक गणेश चन्द बताउ“छन् ।

ध्वनी प्रदुषणलाई नियन्त्रण गर्न प्रहरी र स्थानीय तहले गरेको हर्न निषेध निर्णय स्वागत योग्य भए पनि कार्यान्वयन गर्न आवश्यक पूर्वाधार पहिलो आवश्यकता हो । तामझामका साथ हर्न निषेधको आरम्भ गरिए पनि पूर्वाधारका अभावमा कार्यान्वयन हुन नसके सरकारको सेण्डिकेट अन्त्यको घोषणा र काम ढिलो गर्ने निर्माण व्यवसायीमाथिको कारवाहीको घोषणाजस्तै मात्र हुने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ : ट्रम्प

बाढीपहिरोका कारण कोशी, बागमती र कर्णाली प्रदेशका राजमार्ग र सडकखण्ड अवरुद्ध

सम्बन्धित

भोटेकोशी बाढीका ६३ घाइतेको काठमाडौंका ९ अस्पतालमा उपचार हुँदै

लाङटाङ लिरुङ क्षेत्रबाट फेरि बाढी आउन सक्ने जोखिम, नेपाल–चीन दुवै सतर्क हुनुपर्ने

भोटेकोशी बाढीको कहर : ३८९ जनाको शव फेला, ९७७ जना अझै सम्पर्कविहीन (अपडेट)

अमेरिकी डलरदेखि कुवेती दिनारसम्म महँगियो, युरो र पाउन्डको मूल्य घट्यो

रसुवागढी र तातोपानी बन्द, नेपाल–चीन व्यापारको एकमात्र विकल्प बन्यो कोरला

नेपालका सयभन्दा बढी हिमताल जोखिममा, बढ्दो तापक्रमसँगै नयाँ संकटको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu