ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रकाश दाहाल मिलनसार र व्यवहारिक युवा थिए : प्रधानमन्त्री ओली


admin
३ मंसिर २०७५, सोमबार   २ : २५   बजे

ललितपुर,३ मसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश दाहाल मिलनसार र व्यवहारिक युवा भएको बताउनुभएको छ ।

नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाशको निधन भएको एक बर्ष पुगेको अवसरमा प्रचण्ड निवास खुमलटरमा आयोजित स्मृति सभामा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

महत्वपूर्ण व्यक्तिको सचिवालयको जिम्मेवारी लिएर त्यसलाई कुशलतापूर्वक व्यवस्थापन गर्नु सजिलो छैन प्रधानमन्त्री ओलीले भन्नुभयो “विभिन्न मानिसका विभिन्न माग,आक्रोस सुनेर त्यसको निरुपण पनि गरिदिनु पर्ने हुन्छ । तर त्यस जिम्मेवारीलाई प्रकाशले कुशलतापूवर्क व्यवस्थापन गरेका थिए ।”

प्रकाश दाहालको मृत्यूको खबर आफूले चुनावी दौडानमा भएका बखत आफ्नै निर्वाचन क्षेत्र झापामा सुनेको प्रधानमन्त्रीले स्मरण गर्नुभयो । प्रधानमन्त्री ओलीले प्रकाशको असामयिक निधनले प्रचण्ड परिवार,पार्टी र राष्ट्रलाई नै क्षती पुगेको प्रधानमन्त्री ओलीको धारणा थियो ।

“उमेर,अपेक्षा,समय बाँकी हुंदै भएको निधन धेरै पिडादायी हुन्छ । प्रकाशको निधन त्यस्तै भयो” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर शोकको घडीमा पनि परिवारले गरेको धैर्य अनुकरणी छ ।

कार्यक्रममा प्रकाशको स्मृतिमा प्रकाशित प्रकाश दाहाल स्मारिका उपराष्ट्रपति नन्दबहादुर पुन,प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले संयुक्र रुपमा विमोचन गर्नुभयो ।प्रकाश दाहालको गत वर्ष मसिर ३ गते हृदयघातबाट नर्भिक अस्पतालमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ : ट्रम्प

बाढीपहिरोका कारण कोशी, बागमती र कर्णाली प्रदेशका राजमार्ग र सडकखण्ड अवरुद्ध

सम्बन्धित

भोटेकोशी बाढीका ६३ घाइतेको काठमाडौंका ९ अस्पतालमा उपचार हुँदै

लाङटाङ लिरुङ क्षेत्रबाट फेरि बाढी आउन सक्ने जोखिम, नेपाल–चीन दुवै सतर्क हुनुपर्ने

भोटेकोशी बाढीको कहर : ३८९ जनाको शव फेला, ९७७ जना अझै सम्पर्कविहीन (अपडेट)

अमेरिकी डलरदेखि कुवेती दिनारसम्म महँगियो, युरो र पाउन्डको मूल्य घट्यो

रसुवागढी र तातोपानी बन्द, नेपाल–चीन व्यापारको एकमात्र विकल्प बन्यो कोरला

नेपालका सयभन्दा बढी हिमताल जोखिममा, बढ्दो तापक्रमसँगै नयाँ संकटको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu