ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ, १०१ वर्षीया भण्डारीले पाइन् नेपालको पहिलो राष्ट्रिय परिचयपत्र


एबीसी न्यूज
३ मंसिर २०७५, सोमबार   ६ : २२   बजे

फिदिम, ३ मङ्सिर । गृहमन्त्री रामबहादुर थापाले पाँचथरको फिदिम नगरपालिका–४ की १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई नेपालमै पहिलो राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्यको शुभारम्भ गर्नुभएको भएको छ । सो अवसरमा गृहमन्त्री थापाले समेत वयोवृद्धा भण्डारीबाट राष्ट्रिय परिचयपत्र ग्रहण गर्नुभएको छ ।

सो अवसरमा गृहमन्त्री रामबहादुर थापाले मुलुकमा सुशासन र स्थिरता कायम गर्न तथा समृद्ध राष्ट्र निर्माण गर्न राष्ट्रिय परिचयपत्र महत्वपूर्ण रहेको बताउनुभयो । आधुनिक, वैज्ञानिक र भरपर्दो सूचना प्रणालीबाट मात्रै मुलुकका सम्पूर्ण विषय तथ्यमा भेटिने गृहमन्त्री थापाको भनाइ थियो ।

“देशका समग्र सूचना एकीकृत नभएसम्म मुलुकलाई आवश्यक कुरा के हो भनेर बुझ्न समेत कठीन पर्दछ” गृहमन्त्री थापाले भन्नुभयो, “तथ्याङ्ककै आधारमा मुलुकको विकास र समृद्धिको योजना तय गर्न सकियो भने मुलुकको विकास तीव्र गतिमा हुन सक्छ ।”

गृहमन्त्री थापाले जनताले विकास, सुशासन, समृद्धि र स्थायित्व चाहेकाले जनचाहना पूरा गर्न पनि राष्ट्रिय परिचयपत्रको ठूलो महत्व हुने उल्लेख गर्नुभयो । उहाँले देशका सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणको कार्य अघि बढाउन प्रक्रिया शुरु भइसकेको जानकारी दिनुभयो ।

गृहमन्त्री थापाले नयाँ राजनीतिक प्रणाली लागू गर्ने क्रममा केही जटिलता पैदा भएको बताउनुभयो । उहाँले जटिलतालाई सुशासन कायम भएन भनेर हल्ला फैलाउने कार्य भइरहेको बताउँदै त्यस्ता भ्रम चिर्न आवश्यक रहेको बताउनुभयो ।

समारोहमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ बाट राष्ट्रिय परिचयपत्र वितरणको कार्य शुरु हुनु प्रदेशका लागि गर्वको विषय रहेको बताउनुभयो । उहाँले मुलुक सङ्घीयता कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको बताउँदै सङ्घीयताको सफलताबाट मात्रै जनआकाङ्क्षा पूरा हुने बताउनुभयो ।

गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले दुई वर्षभित्र देशका सबै जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरणको कार्य थालनी हुने जानकारी दिनुभयो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले सबैै नेपालीको जैविक र वैयक्तिक विवरण समावेश भएको राष्ट्रिय परिचयपत्र सबै नेपालीका हातमा पु¥याउने कार्य पाँचथरबाट प्रारम्भ भएको जानकारी दिनुभयो ।

राष्ट्रिय परिचयपत्रमा व्यक्तिको सम्पूर्ण विवरण, भूमि, शिक्षा, सरकारी सेवालगायत सबै सेवाको अभिलेख समावेश गरिएको छ । राष्ट्रिय परिचयपत्र वितरणका लागि वडास्तरसम्म इकाइ स्थापना हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ : ट्रम्प

बाढीपहिरोका कारण कोशी, बागमती र कर्णाली प्रदेशका राजमार्ग र सडकखण्ड अवरुद्ध

सम्बन्धित

भोटेकोशी बाढीका ६३ घाइतेको काठमाडौंका ९ अस्पतालमा उपचार हुँदै

लाङटाङ लिरुङ क्षेत्रबाट फेरि बाढी आउन सक्ने जोखिम, नेपाल–चीन दुवै सतर्क हुनुपर्ने

भोटेकोशी बाढीको कहर : ३८९ जनाको शव फेला, ९७७ जना अझै सम्पर्कविहीन (अपडेट)

अमेरिकी डलरदेखि कुवेती दिनारसम्म महँगियो, युरो र पाउन्डको मूल्य घट्यो

रसुवागढी र तातोपानी बन्द, नेपाल–चीन व्यापारको एकमात्र विकल्प बन्यो कोरला

नेपालका सयभन्दा बढी हिमताल जोखिममा, बढ्दो तापक्रमसँगै नयाँ संकटको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu