ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जमिनसंग जोडिएको सरकारको नीति परिर्वतन गर्नुपर्छ: अर्थमन्त्री खतिवडा


admin
५ मंसिर २०७५, बुधबार   १२ : ३५   बजे

काठमाडौं,५ मङसिर । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जमिनसंग जोडिएका सरकारका नीतिहरु परिर्वतन गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल समाजशास्त्र संघले बुधबार राजधानीमा गरेको कार्यक्रममा अर्थमन्त्री खतिवडाले जमिनसंग जोडिएका सरकारका कतिपय नीतिहरु अव्यवहारिक भएकाले परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याउनुभएको हो ।

सरकारका सम्पुर्ण आयोजनाहरु, कार्यक्रमहरु जमिन संगै जोडिएकाले जमिन नै नहुनेमा ती कार्यक्रम लागु गर्न नसकिने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो ।

पछिल्लो समय ज्याला दर बढेकाले भुमि नभएका श्रममा आश्रित गरिबीको अवस्थामा सुधार आएपनि थोरै भुमि हुनेहरु अझै पनि गरिब रहेकाले साना किसानको बारे सरकारले तत्काल नसोच्ने हो भने गरिबीको अवस्थामा सुधार नआउने दाबी उहाँले गर्नुभयो ।

सरकारले भुमिसुधारको मोडालिटीमा परिर्वतन गर्नुपर्ने तर्क पनि उहाँले गर्नुभयो । उहाँले भन्नुभयो “जमिन संग सम्बन्धीत सरकारका सम्पुर्ण कार्यक्रमहरु, आयोजनाहरु जमिन नै नहुनेमा लागू नहुने अवस्था पनि छ । जाहे त्यो पशुपालनको अनुदान होस् , चाहे रासायनिक मलमा दिने अनुदान होस्, चाहे कहिले काँही घरै बनाउन दिने अनुदान होस् ।

जमिन नै छैन कहाँ बनाउने ? अनि जमिन बाँडेर सुविधा दिउला भनिरहँदा २०२१ साल देखि भूमि सुधार लागु गर्या । आज पर्यन्त हामीले त्यो एजेण्डा छोडेका छैनौ । भूमिको भोगाधिकार कि किनबेचको अधिकार पनि भन्ने सम्बन्धमा भूमि अधिकारको मोडालिटी फरक हुनुपर्छ ।”

प्रकृतिको देन जमिनलाई हामीले नीजीकरण गरेकाले समस्या भएको उहाँको भनाई थियो । उहाँले उत्पादनको मुख्य साधन भूमिलाई पछिल्लो समय सट्टाबाजी, शेयर वा वित्तिय उपकरणको रुपमा प्रयोग गर्न थालिएकाले समस्या भएको बताउनुभयो ।

कृषिमा देखिएका विभिन्न समस्याका बाबजुत सन्तुलित वितरणमा विशेष ध्यान दिनभूमिलाई पुर्ण रुपमा उत्पादनको साधन बनाउन संस्कृति जस्तो कृषिलाई व्यवसायिक बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

अर्थमन्त्री खतिवडाले एक तिहाई उत्पादन हुने क्षेत्रमा रहेका दुई तिहाई युवा श्रमिकलाई १० बर्ष भित्र १ तिहाईमा झार्दै अन्यलाई शिप विकास गरि बैकल्पिक व्यवसायमा लैजान सकेमा मात्रै मुलुक सम्वृद्धिको बाटोमा हिडाउन सकिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group