ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोपाल खड्का : सामान्य इञ्जिनियर हुँदै करोडौ घोटालाको नाइकेसम्म


admin
२ आश्विन २०७४, सोमबार   १ : ४५   बजे

काठमाडौं, २ भदौं । करोडौं घोटालाको आरोपममा बर्खास्तीमा परेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का सामान्य इन्जिनियर हुँदै करोडौं घोटालाको नाइके समेत भए । गोपालबहादुर खड्का सिन्धुलीको खाङसाङ सोल्पामा जन्मिएका हुन । हाल उनी घट्टकुलो काठमाडौंका स्थायी वासिन्दा हुन । भारतबाट सिभिल इञ्जिनियरिङमा स्नातक गरेका खड्काले पोखरा विश्वविद्यालयबाट कन्स्ट्रक्सन मेनेजमेन्टमा स्नातकोत्तर गरेका छन् । खड्काले विक्रम संवत् २०४७ बाट सडक विभागमा इञ्जिनियरको रुपमा जागिर सुरु गरेका हुन । उनले २०६१ सालसम्म इञ्जिनियरकै रुपमा सडक डिभिजनमा काम गरेका थिए । त्यसपछि उनले २०६७ साल देखी २०७० सालसम्म सडक डिभिजन कार्यालय काडमाडौको प्रमुखको रुपमा काम गरे ।

सडक डिभिजन कार्यालय काठमाडौंमा काम गर्दासम्म गोपालबहादुर खड्काको छवि राम्रै थियो । उनीसँगै काम गरेकाहरु समेत डिभिजन प्रमुख हुँदासम्म उनले राम्रो कार्यसम्पादन गर्ने गरेको बताउँछन् । उनी २०७१ माघ १४ गते नेपाल आयल निगमको प्रमुख नियुक्त भएका हुन । आयल निगमको प्रमुख नियुक्त भएपछि गोपालबहादुर खड्का सबैभन्दा भ्रष्टको रुपमा परिणत भए ।

लोकमानसँगको सम्बन्धले निगम प्रमुख
बर्खास्तमा परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की र गोपालबहादुर खड्काबीच ज्वाई जेठानको सम्बन्ध छ । पारिवारिक सम्बन्ध जोडिएकाले लोकमान र गोपालबहादुर नजिक हुने स्वाभाविक थियो । सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापा आपूर्ति मन्त्री भएका बेला गोपालबहादुर खड्का आयल निगमको प्रमुख बनाइए । आयल निगम छिरेपछि गोपालबहादुर पनि लोकमान जस्तै भ्रष्ट बने । लोकमानकै आडमा गोपालबहादुरले संसदको निर्देशन पनि अवज्ञा गर्दै नाकावन्दीका बेला बिराटनगरको विराट आयललाई पेट्रोल आयात गर्ने अनुमति मात्र दिएनन्, तेल ल्याएर महंगो मूल्यमा कालोबजारी गर्ने छुट दिए । यससँगै बढेको उनको उन्माद आयल निगमका लागि जग्गा खरिद प्रकरणमा छताछुल्ल भएको छ ।

अख्तियारमा गोपालबहादुरको दादागिरि
जुन बेला लोकमानसिंह कार्की अख्तियार प्रमुख थिए त्यसै बेला गोपालबहादुर खड्का आयल निगमको प्रमुख बनिसकेका थिए । भारतले नाकाबन्दी गरेको बेला खड्काले लोकमानकै बलमा इन्धन बितरणमा लाखौं घोटाला गर्न भ्याए । जुन समय खड्काले इन्धन वितरणको क्रममा घोटाला गरेको भन्दै अख्तियारले अनुसन्धान सुरु गरेको थियो । त्यो समय खड्का दर्जनौ पटक अख्तियार पुगेका थिए । खड्काले अख्तियार पुगेर लोकमानकै बलमा मलाई अनुसन्धान गर्ने तिमी को हौ भन्दै आयुक्त र अनुसन्धान अधिकृतहरुलाई थर्काएको बिषय पहिले नै सार्वजनिक भइसकेको छ ।

लोकमानकै बलमा मनपरी कर्मचारी बढुवा
लोकमानको साथ पाएपछि आफुलाई शक्तिशाली महसुस गरेका गोपालबहादुर खड्काले नियमविपरीत कर्मचारी बढुवा समेत गर्न भ्याए । लोकमान शक्तिमै रहेको बेला उनले, लोकसेवा आयोगको मापदण्डविपरीत र निगम सञ्चालक समितिलाई थाहै नदिई १४ जना कर्मचारीको बढुवा गरेका थिए । लोकमान र आफ्नो पक्षमा रहेकालाई उनले बढुवा गरेका थिए । कर्मचारी बढुवा गर्नुभन्दा अगाडी खड्कालाई लोकसेवा आयोग र अख्तियारले मापदण्ड बनाएर मात्र कर्मचारीको बढुवा गर्न निर्देशन दिएको थियो । तर, खड्काले लोकमानकै बलमा बिना मापदण्ड कर्मचारीको बढुवा गरिदिए ।

केही सम अगाडीसम्म गोपालबहादुर खड्का कुनै पनि पक्षबाट घोटाला नभएको भनिरहेका थिए । तर, उनको त्यो दावी अब गलत सावित भइसकेको छ । अब लामो समयको उनको दादागिरी अन्त्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group