ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाको टेनेसीमा एक व्यक्तिलाई दिइयो करेन्ट लगाएर मृत्युदण्ड


admin
२१ मंसिर २०७५, शुक्रबार   ५ : ०७   बजे

वासिङटन, २१ मङ्सिर ।  विगत ३६ वर्षदेखि मृत्युदण्ड सजायको पर्खाइमा रहेका एक व्यक्तिलाई बिहीबार अमेरिकाको टेनेसी राज्यमा करेन्ट लगाएर मृत्युदण्ड दिइएको छ ।

टेनेसीको नेसभिलस्थित कारागारमा ६१ वर्षीय डेभिड अर्ल मिलरलाई बिहीबार बिहानै करेन्ट लगाएर मृत्युदण्ड दिइएको अधिकारीहरुले जानकारी दिएका छन् । मिलरमाथि मानसिक रुपमा अशक्त एक महिलालाई कुटपिट र चक्कु प्रहार गरी हत्या गरेको अभियोग लागेको थियो ।

अमेरिकामा एक महिनाको अवधिभित्रै विद्युतीय करेन्ट लगाएर मृत्युदण्ड दिइएको यो दोस्रो घटना हो । सन् २०१३ यता मृत्युदण्ड दिने प्रचलन रोकिएको थियो ।

मिलरले सन् १९८० मा २३ वर्षीया ली स्टानडाइफर नाम गरेकी शारीरिक रुपमा अशक्त महिलाको हत्या गरी एकजना पादरीको घरनजिक गाडिदिएका थिए । मिलरले मे २०, १९८१ मा हत्याको आरोप स्वीकार गरेका थिए ।

अदालतले मिलरमाथि सन् १९८२ मा मृत्युदण्डको फैसला गरेको थियो, तर सन् १९८७ मा मुद्दाको पुनः सुनुवाई शुरु भएको थियो । त्यसपछि मिलरका तर्फबाट मृत्युदण्डको फैसलामाथि पुनर्विचार गर्न पटकपटक आग्रह गरिए पनि सबै अपिल खारेज गरिएका थिए ।

टेनेसी राज्यमा मृत्युदण्ड दिँदा घातक सुईमा प्रयोग गरिने रसायनका बारेमा विवाद भएपछि केही समय मृत्युदण्डका कारबाहीहरु रोकिएका थिए । तर राज्यले हालैमात्र मृत्युदण्डको कार्यविधिलाई पुनः स्वीकृत गरेको छ । त्यसयता मिलर बाहेक दुई जनाले मृत्युदण्ड पाइसकेका छन् ।

अमेरिकी सर्वोच्च अदालतले समेत अन्तिम पटकको पुनरावलोकनलाई खारेज गरेको थियो ।

अमेरिकामा अदालतबाट सजाय भएपनि मृत्युदण्ड पाएको अवधि औसतमा १५ वर्षको फरक हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी : शनिबार मात्रै ५५० जनाको उद्धार

पाँच प्रदेशमा आज राति भारी वर्षाको सम्भावना, बाढीपहिरोप्रति सतर्क रहन आग्रह

सम्बन्धित

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu