ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पका ‘चिफ अफ स्टाफ’ केली पदमुक्त हुने


admin
२३ मंसिर २०७५, आइतबार   ३ : ३९   बजे

एजेन्सी , २३ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना ’चिफ अफ स्टाफ’ले यो वर्षको अन्त्यसम्ममा जागिर छोड्ने बताउनु भएको छ ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उहाँले जेनरल जन केली केही दिनमा आफ्नो जिम्मेबारीबाट बाहिरिने जानकारी दिनुभयो । उहाँले शनिबार ट्वीट गर्दै केली पदमुक्त हुन लागेको सार्वजनिक गर्नु भएको थियो ।

राष्ट्रपति ट्रम्पले केलीलाई एकदमै राम्रो मान्छेको संज्ञा दिँदै सहयोग र सहकार्यका लागि धन्यवाद भन्नु भएको छ ।

“उहाँ झण्डै दुई बर्षदेखि मेरो साथमा फरक फरक भूमिकामा हुनुहुन्थ्यो, मलाई उहाँको काम गराई निकै मन परेको छ,” ट्रम्पले भन्नुभयो ।

केलीको उत्तराधिकारी केही दिनमा घोषणा गर्ने पनि उहाँले बताउनुभयो । गत महिना रोयटर्स समाचार संस्थाले स्रोतलाई उद्धृत गर्दै लेखेअनुसार चिफ अफ स्टाफको भूमिकामा उपराष्ट्रपति माइक पेन्सका चिफ अफ स्टाफ निक ऐयर्स आउने सम्भावना रहेको छ ।

केली केही दिनदेखि आफ्नो पद छोड्न लगातार दबाबमा पर्दै आएको विवरण सार्वजनिक भएको थियो ।

ट्रम्पले यसअघि सन् २०१७ को जुलाई अन्त्यमा राइन्स प्रिबसलाई चिफ अफ स्टाफबाट हटाएर केलीलाई उहाँको ठाउँमा नियुक्त गर्नुभएको थियो ।

सूचना चुहिएको भनिएका बेला सेनाभित्रको प्रशासनमा अनुशासन ल्याउने बाचा गरेकाले उहाँलाई जिम्मेबारी दिइएको थियो ।

उहाँले आफ्नो उक्त उद्देश्यमा सफल भएको दाबी गरेपनि सूचना चुहिने क्रम भने पूर्णरुपमा रोकिएको थिएन ।

अमेरिकाको राष्ट्रपतिका रुपमा ट्रम्प निर्वाचित भएपछि अहिलेसम्म राष्ट्रपति कार्यालयबाट २८ जना पदमुक्त भएका छन् । तीमध्ये अधिकांशलाई ट्रम्पले निस्कासन गर्नु भएको हो भने कतिपयले आफै छाडेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group