ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेरुमा भ्रष्टाचार विरुद्ध आइतबार जनमतसङ्ग्रह


admin
२३ मंसिर २०७५, आइतबार   ५ : ०८   बजे

लीमा, २३ मङ्सिर । पेरुका नागरिकहरुले भ्रष्टाचार नियन्त्रण सम्बन्धी एक प्रस्तावका लागि हुने जनमतसङ्ग्रहका लागि आइतबार मतदान गर्दैछन् । यो जनमतसङ्ग्रहको नतिजाले सांसदहरु, न्यायाधीशहरु र पूर्व राष्ट्रपतिहरु समेतलाई जेलभित्र पु¥याउन सक्नेछ ।

जनमतसङ्ग्रहमा केही प्रश्नहरु सोधिएका छन्ः भ्रष्टाचारमा दोषी देखिएका व्यक्तिहरु संसद सदस्यमा पुनः उम्मेदवार हुन नपाउने, चुनावी अभियानमा कडा आर्थिक नियमहरुको निर्माण र परिपालना गर्ने तथा न्यायाधीशको छनौटमा बदनामी कमाएको परिषदमा सुधार ।

विश्लेषकहरुका अनुसार, दशकौंदेखि पेरुमा व्याप्त अनियमितता र भ्रष्टाचार जनमतसङ्ग्रह मार्फत मात्र सुधार भइहाल्छ भनी अनुमान गर्न कठिन छ ।

“यो जनमतसङ्ग्रहले सरकार र सम्भवतः राजनीतिक प्रणालीलाई केही भएपनि श्वास फेर्ने अवसर दिनेछ,” हार्भर्ड विश्वविद्यालयका राजनीतिशास्त्री स्टीभ लेभिट्स्कीले बताउनुभयो । “झिनो भएपनि सरकारको आत्मविश्वास र जनताको विश्वास आर्जन गर्न यसले मद्दत गर्नेछ ।”

हालैका वर्षहरुमा पेरुमा ओडेबे्रक्ट भ्रष्टाचार काण्ड मच्चिएको छ । यो भ्रष्टाचार काण्डमा दक्षिण अमेरिकाका उच्च तहका राजनीतिज्ञहरु पनि मुछिएका छन् । ब्राजिलको यस निर्माण कम्पनीले ठेक्काहरु हत्याउन दक्षिण अमेरिकी राष्ट्रका अधिकारीहरुलाई ८० करोड अमेरिकी डलर घुस दिएको स्वीकार गरिेसकेको छ ।

पेरुमा यो काण्डले सबैजसो पूर्व राष्ट्रपतिहरु बदनाम भइसकेका छन् । ओडेब्रेक्टसँगको साँठगाँठको आरोपमा पेरुका चारजना पूर्व राष्ट्रपतिहरुमाथि छानबिन भइरहेको छ ।

राष्ट्रपति पेड्रो पाब्लो कुजिन्स्कीले ओडेब्रेक्ट र उहाँको परामर्शदाता कम्पनीबीच सम्बन्ध रहेको विषयमा पूर्व जानकारी नगराएको सांसदहरुले आरोपपछि गत मार्चमा राजीनामा दिनुभयो । सरकारी अधिकारीहरुले पूर्व नेता अलान गार्सियाका बारेमा पनि अनुसन्धान शुरु गरेका छन् ।

उहाँमाथि लीमाको मेट्रो निर्माणका क्रममा घुस लिएको आरोप छ । केही समय जेलमा समेत परेका ओल्लान्टा हुमाला र अलेजान्द्रो टोलेडोमाथि पनि गैरकानुनी रुपमा रकम बुझेको आरोपमा छानबिन भइरहेको छ ।

यहीबीच, पूर्व राष्ट्रपतिकी छोरी केइकी फुजीमोरी पनि हाल जेलमा हुनुहुन्छ । दुईपटक राष्ट्रपतिको उम्मेदवार भइसकेकी विपक्षी नेतृमाथि सन् २०११ को चुनावमा ओड्रेब्रेक्टबाट गैरकानुनी रुपमा चुनावका लागि रकम लिएको आरोप छ ।

गोप्य विवरणहरुले देशका न्यायाधीश र वकीलहरुले पनि विचाराधीन मुद्दाको सौदाबाजी गर्ने गरेको देखाएका छन् । बालिका बलात्कृत भएका मुद्दामा समेत न्यायाधीश र वकीलहरुले घुस लिएको पाइएको छ । यसबाट आम जनतामा चरम नैराश्य छ ।

ल्याटिनोब्यारोमेट्रोले हालै गरेको सर्वेक्षणमा पेरुका केबल ८ प्रतिशतले मात्र संसदमाथि विश्वास गरेको देखाएको छ । दक्षिण अमेरिकामै यो सबैभन्दा कमजोर अवस्था हो । “पूरै प्रणाली सडेको छ,” ४० वर्षीय गेरार्डो पोलोले बताउनुभयो । उहाँ आइतबार मतदान गर्न व्यग्र हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group